Kathmandu Press

आन्दोलनरत शिक्षक र सरकारबीच सहमति, आन्दोलनका सबै कार्यक्रम फिर्ता

गृहमन्त्रालयमा भएको वर्तामा दुवै पक्षबीच सहमति भएपछि शिक्षक महासंघले आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएको छ ।
आन्दोलनरत शिक्षक र सरकारबीच सहमति, आन्दोलनका सबै कार्यक्रम फिर्ता

काठमाडौं, असोज ५ : आन्दोलनरत शिक्षक र सरकारबीच सहमति भएको छ। गृहमन्त्रालयमा भएको वर्तामा दुव्रपक्षबीच सहमति भएको हो।

सहमतीपछि शिक्षक महासंघले आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएको छ ।

शिक्षा विधेयकको विरोधमा शिक्षकहरूले ३ दिनदेखि राजधानी केन्द्रीत आन्दोलन गर्दै आएका थिए । शिक्षकका मागहरूलाई संसदबाटै पूरा गर्ने गरी सहमति भएको छ ।

सहमतिसँगै शिक्षकहरुले आन्दोलन पनि फिर्ता लिएका छन् । सरकारले पेश गरेको सहमतिको प्रस्तावमै केन्द्रीत रहेर सहमति भएको जानकारी सरकारका प्रवक्ता समेत रहेकी संचार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले दिएकी छन् ।

विद्यालय शिक्षा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा भएका केही व्यवस्थाहरु परिवर्तन गर्न संसदको सार्वभौमिकतालाई सम्मान गर्दै संसदीय प्रणाली, अभ्यास र संघीय संसद सञ्चालनसम्बन्धी मौजूदा विधि बमोजिम प्रक्रिया अगाडि बढाउन सहमति भएको जनाइएको छ।

शिक्षकको समायोजन, तहगत प्रणाली र आवधिक बढुवाका विषयमा नेपाल शिक्षक महासंघ र विज्ञसमेतको प्रतिनिधित्व हुने गरी अध्ययन समिति गठन गर्ने र समितिको प्रतिवेदन बमोजिम आवश्यक कानूनी प्रबन्ध गर्नेलगायतका बिषयसहमतिको मस्यौतामा समेटिएका छन्।

 

प्रकाशित मिति: १७:५० बजे, शुक्रबार, असोज ५, २०८०
NTCNTC
प्रतिक्रिया दिनुहोस्