Kathmandu Press

सर्वोत्कृष्ट चलचित्र घोषणा नगरिएको विषयमा अदालतले माग्यो कारण

राष्ट्रिय चलचित्र पुरस्कार–२०८० मा सर्वोत्कृष्ट चलचित्रको घोषणा नगर्ने चलचित्र विकास बोर्डसँग कारण माग गरिएको हो।
सर्वोत्कृष्ट चलचित्र घोषणा नगरिएको विषयमा अदालतले माग्यो कारण

काठमाडौं, असोज ५ : उच्च अदालत पाटनले राष्ट्रिय चलचित्र पुरस्कार–२०८० को विवादलाई लिएर चलचित्र विकास बोर्डसँग कारण माग गरेको छ।

राष्ट्रिय चलचित्र पुरस्कार–२०८० मा सर्वोत्कृष्ट चलचित्रको घोषणा नगर्ने चलचित्र विकास बोर्डसँग कारण माग गरिएको हो।

Hardik ivf

सर्वोत्कृष्ट चलचित्रको घोषणा नगरिएको भन्दै चलचित्र ‘प्रकाश’का निर्देशक, लेखकसहितले बिहीबार उच्च अदालत पाटनमा रिट दायर गरेका थिए। रिटमाथि सुनुवाइ गर्दै शुक्रबार न्यायाधीश श्यामजी प्रधानको एकल इजलासले सर्वोत्कृष्ट चलचित्र घोषणा नगर्नुको कारण देखाउन बोर्डका नाममा आदेश दिएको हो।

बोर्डलाई विपक्षी बनाउँदै चलचित्र ‘प्रकाश’का निर्देशक दिनेश राउत, लेखक विकास सुवेदी र चलचित्र छायांकनस्थल जुम्लाका मीनराज आचार्यले रिट दिएका थिए ।

रिटमा जुरीको निर्णयको सक्कल प्रति झिकाउन समेत अदालतसँग माग गरिएको छ। राष्ट्रिय चलचित्र पुरस्कार–२०८० मा बोर्डले सर्वोत्कृष्ट विधा खाली राखेर अवार्ड वितरण गरेपछि विवाद भएको हो।

प्रकाशित मिति: १७:४८ बजे, शुक्रबार, असोज ५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्