बिपीको विचार अनुसार नचल्दा राजतन्त्र फालिएको हो : ढुंगाना
उनले बिपी आफुले भने अनुरुप राजाले संविधान मानेको भए राजतन्त्र फाल्न आवश्यक नभएको अडानमा रहेको बताउँदै ढुंगानाले आफ्नै कारणले फालिएको बताए।
काठमाडौं, असोज ५ : पूर्वसभामुख दमननाथ ढुंगानाले राजतन्त्र माओवादीका कारण नभई बिपी कोइरालाको विचारबाट समाप्त भएको धारणा राखेका छन्।
काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले बिपी आफुले भने अनुरुप राजाले संविधान मानेको भए राजतन्त्र फाल्न आवश्यक नभएको अडानमा रहेको बताउँदै ढुंगानाले आफ्नै कारणले फालिएको बताए। ढुंगानाले बेलायको ढाँचामा राजतन्त्र राख्ने पक्षमा बिपी रहेको पनि बताए।
‘बिपीले राजालाई संविधानसभा भित्र बस्छौ कि बस्दैनौ ? भनेर समय समयमा अल्टिमेटम दिनुभएको थियो । बस्दैनौ भने राजतन्त्र जान्छ भन्नुभएको थियो। माओवादीले फालेको हो र ?,’ ढुंगानाले भने, ‘राजतन्त्र बिपीको विचारले गएको हो । बिपी राजतन्त्र फालिहाल्नेमा हुनुहुन्न थियो । संवैधानिक राजतन्त्र भएर अक्षरशः ब्रिटिश ढाँचामा राजारानीको ढाँचामा हाम्रो राजतन्त्र बस्छ भने हामी राख्छौँ । होइन भने फाल्छौँ भन्नुभएको थियो।’
विपीले भने अनुसार राजतन्त्र नचलेका कारण आफै समाप्त भएको धारणा ढुंगानाको थियो ।











