Kathmandu Press

धार्मिक तथा सामाजिक सद्भाव र शान्ति अभिवृद्धि गर्न संयुक्त अपिल

धार्मिक तथा सामाजिक सद्भाव र शान्ति अभिवृद्धि गर्न संयुक्त अपिल

काठमाडाैं, असाेज ५ : विभिन्न धार्मिक सङ्घसंस्थाले धार्मिक तथा सामाजिक सद्भाव र शान्ति अभिवृद्धि गर्न संयुक्त अपिल गरेका छन्।

शुक्रबार सिंहदरबारमा उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले बोलाउनुभएको धार्मिक सद्भाव कायम गर्नेसम्बन्धी छलफल कार्यक्रमपछि विभिन्न धार्मिक सङ्घसंस्थाले धार्मिक सद्भाव कायम गर्ने सम्बन्धी संयुक्त अपिल गरेका हुन्।

बिगत केहि दिनयता देशका बिभिन्न भागमा धर्म, जाती सम्प्रदायको आधारमा एकअर्काप्रति घृणा, द्वेष फैलाउने, फरक धर्म, जाति तथा सम्प्रदायलाई चोट पुग्ने गरि गतिविधि भइरहेको र कतिपय ठाँउमा अराजक रुपमा प्रस्तुत भइ फरक धर्म सम्प्रदायको आस्था, व्यवहार, संस्कार प्रचलनमा आघात पुराउने गतिविधि देखा परेका सम्बन्धमा गम्भीर ध्याकर्षण भएको संयुक्त अपिलमा उल्लेख छ।

उनीहरुले कुनै पनि असंवैधानिक तथा गैर कानूनी क्रियाकलापहरुमा कोही पनि जान अञ्जानमा सहभागी नहुने र धार्मिक, सामाजिक एवं सांस्कृतिक सद्भाव प्रवद्र्धन गर्न क्रियाशिल रहन आह्वान समेत गरेका छन्। त्यसअघि छलफल कार्यक्रममा उपप्रधान एवं गृहमन्त्री श्रेष्ठले मुलुकको रक्षा र एकतालाई सुदृढ गर्न धामिर्क सांस्कृतिक सहिष्णुतालाई बलियो बनाउनु आवश्यक रहेको बताए। धार्मिक संस्थाहरु एक अर्काबिरुद्ध प्रतिष्पर्धा उत्रनु उचित नभएको भन्दै उनले देशको मौलिक पहिचान र बिशेषताको रक्षा गर्न एकतावद्ध हुनुपर्नेमा जोड दिए। 

संयुक्त अपिलमा हिन्दु महासंघ, हिन्दु परिषद्, बौद्ध महासंघ, तामाङ बौद्ध सेवा समाज, इस्लामी संघ, मुस्लीम महासंघ, क्रिश्चियन महासंघ, इशाई मण्डली एकता परिषद् लगाएत २४ धार्मिक संघसंस्थाका प्रतिनिधिहरुले हस्ताक्षर गरेका छन्। 

प्रकाशित मिति: १६:४० बजे, शुक्रबार, असोज ५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्