Kathmandu Press

महिलाहरूको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्ने काम भइरहेको छ : उपमेयर डगाेल

शुक्रबार काठमाडौंमा आयोजित अखिल नेपाल महिला संघ काठमाडौं महानगरपालिका कमिटीको प्रथम सम्मेलनलाई सम्बोधन गदै उनले यस्तो बताएकी हुन्।
महिलाहरूको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्ने काम भइरहेको छ : उपमेयर डगाेल

काठमाडौं, असाेज ५ : काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डङ्गोलले महिलाहरूको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्न काम भइरहेको बताएकी छन्।

शुक्रबार काठमाडौंमा आयोजित अखिल नेपाल महिला संघ काठमाडौं महानगरपालिका कमिटीको प्रथम सम्मेलनलाई सम्बोधन गदै उनले यस्तो बताएकी हुन्।

महिलाको सहभागिता मात्र होइन अर्थपूर्ण सहभागिता हुनुपर्छ भन्ने कुरालाई पहिल्यैदेखि उठाउँदै आइरहेको उल्लेख गर्दे उनले काठमाडौं महानगर पालिकामा महिलाहरूको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्नेतर्फ आफूहरुले पाइला चालिरहेको बताइन्।

उनले भनिन् ‘काठमाडौं महानगरपालिका महिलाका लागि विशेष महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्छ भन्ने कुरामा गम्भीर छ, महिलाको अर्थपूर्ण सहभागिता हुनुपर्छ भन्ने कुरा पहिल्यैदेखि उठाइँदै आइएको छ। आज महानगरपालिकाका ३२ वटा वडामै महिला जनप्रतिनिधिले नेतृत्वदायी भूमिका पाइराख्नु भएको छ।’

उनले देशमा अझै पनि पितृसत्तात्मक समाज नै रहेकाले महिलाले हामी सक्षम छौं भनेर प्रमाणित गर्नु पर्ने अवस्था रहेको बताए। उपमेयर डङ्गोलले पार्टीको समृद्ध नेपाल सुखी नेपालीको नारा महिला र पुरुष सँगसँगै एकजुट भएर अगाडि बढे मात्र यथार्थमा बदलिने टिप्पणी गरिन्।
 

प्रकाशित मिति: १६:२९ बजे, शुक्रबार, असोज ५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्