Kathmandu Press

शिक्षा विधेयकको विरोधमा उत्रिएका १६ प्रदर्शनकारी नियन्त्रणमा  (तस्बिरहरू)

नियन्त्रणमा लिइएका १६ जनामा मोहन वैद्य ‘किरण’ नेतृत्वको क्रान्तिकारी नेकपा निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीसम्बद्ध रहेको जनाइएको छ।
शिक्षा विधेयकको विरोधमा उत्रिएका १६ प्रदर्शनकारी नियन्त्रणमा  (तस्बिरहरू)

काठमाडौँ, असोज ५ : विद्यालय शिक्षा विधेयकको विरोधमा उत्रिएका १६ जना प्रदर्शनकारीलाई नियन्त्रणमा लिइएकाे छ।

नियन्त्रणमा लिइएका १६ जनामा मोहन वैद्य ‘किरण’ नेतृत्वको क्रान्तिकारी नेकपा निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीसम्बद्ध रहेको जनाइएको छ।

विद्यालय शिक्षा सम्बन्धी विधेयकको विरोधमा शिक्षकहरुले गरेको आन्दोलनप्रति समर्थन जनाउदै उनीहरु शुक्रबार सिंहदबार अगाडि प्रदर्शनमा उत्रिएका थिए। उनीहरुले शिक्षामन्त्रीको राजीनामा माग गर्दै नाराबाजी गरेका थिए।

प्रहरीले वैद्य नेतृत्वको नेकपा निकट अखिल क्रान्तिकारीका संयोजक मिलन राई, अखिल क्रान्तिकारीका अध्यक्ष हरिकृष्ण गजुरेलसहित १६ जना पक्राउ गरेको हो। 

यसैबीच प्रहरीले आन्दोलनको समाचार संकलन गर्न गएका सञ्चारकर्मीलाई प्रहरीले दुर्व्यवहार र हातपात गरेका छन् । विद्यार्थीहरुको आन्दोलनको दृश्य कैद गर्ने क्रममा आफ्नो सूचना विभागद्वारा जारी गरिएको परिचयपत्र देखाउँदा प्रहरीले दुर्व्यवहार र हातपात गरेको हो। 

Photo (9) (1)1695372753.jpg

Photo (8) (1)1695372753.jpg

Photo (7) (3)1695372753.jpg

Photo (1) (5)1695372752.jpg

Photo (13) (1)1695372750.jpg

Photo (11) (1)1695372751.jpg

Photo (12) (1)1695372751.jpg

Photo (10) (1)1695372752.jpg

Photo (2) (2)1695372750.jpg

Photo (3) (2)1695372755.jpg

Photo (6) (2)1695372754.jpg

Photo (5) (2)1695372754.jpg

Photo (4) (2)1695372754.jpg

प्रकाशित मिति: १४:१३ बजे, शुक्रबार, असोज ५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्