Kathmandu Press

कालोबजारी र भ्रष्टार नियन्त्रणमा सरकारलाई ‘वार्निङ’ गर्न जरुरी छ : गुरु बराल 

कालोबजारी र भ्रष्टार नियन्त्रणमा सरकारलाई ‘वार्निङ’ गर्न जरुरी छ : गुरु बराल 

काठमाडौं, असाेज ५ : नेपाली कांग्रेसका केन्द्रीय सदस्य गुरु बरालले कालोबजारी र भ्रष्टाचारका कारण देश र समाज नाजुक अवस्थामा पुगेको टिप्पणी गरेका छन्।

शुक्रबार बसेको कांग्रेसको केन्द्रीय समितीको बैठकमा उनले कालो बजारी नियन्त्रण गर्नका लागि सरकारलाई पार्टीले ‘वानिङ’ दिनुपर्ने बताए। 

उनले भने, ‘मुलुक धेरै जरजर अवस्थामा छ। समाजमा विकृति र विसंगती धेरै छ। व्यवसायमा ठूलो मात्रामा कालोबजारी र भ्रष्टार भएको छ। हामी सहमतिको सरकारमा छौं।

सरकारमा साझेदारी गरिरहेका छौं। आपूर्ति मन्त्रालय हामीसँगै छ तुरुन्त हामीले सरकारलाई वार्निङ गर्न जरुरी छ की तुरुन्त नियन्त्रण र अनुगमन गर भनेर।’ 

उनले बढिरहेको महँगी नियन्त्रणका लागि सरकार खरो भएर प्रस्तुत हुनेपर्ने बताए। जनताको चुलोचौको धेरै महँगो भएको र देशको अर्थतन्त्रलाई भरथेग गर्न व्यावसायीहरूलाई राहत दिने काम सरकारले गर्नुपर्ने उनको भनाइ छ।

प्रकाशित मिति: १४:०४ बजे, शुक्रबार, असोज ५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्