मलंगवामा कर्फ्यु उल्लंघन गर्दै प्रदर्शनकारी सडकमा
सर्लाही जिल्ला प्रसासन कार्यालयले शुक्रबार दिउँसो मलंगवाका विभिन्न क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको थियो। अहिले मलंगुवाका सडकहरुमा कफ्र्यु उल्लंघन गर्दै स्थानीयले प्रदर्शन गरिरहेका छन्।
काठमाडौं, असोज ५ : सर्लाहीको सदरमुकाम मलंगवामा कर्फ्यु उल्लंघन गर्दै प्रदर्शनकारी सडकमा उत्रिएका छन्।
सर्लाही जिल्ला प्रसासन कार्यालयले शुक्रबार दिउँसो मलंगवाका विभिन्न क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको थियो। अहिले मलंगुवाका सडकहरुमा कफ्र्यु उल्लंघन गर्दै स्थानीयले प्रदर्शन गरिरहेका छन्।
प्रहरीले प्रदर्शनकारीलाई तितरभितर गर्न एक दर्जन भन्दा बढी सेल अश्रु ग्यास प्रहार गरेको छ। तर प्रदर्शनकारीले भने सडकमा विरोध गरिरहेका छन्। उनीहरुले सर्लाहीस्थित जिल्ला समन्वय समितिको चोक अगाडि भेला भएर प्रदर्शन गरेका हुन्।
सडकमा प्रदर्शन भए पनि अहिलेसम्म मलंगवामा कुनै अप्रिय घटना नभएको दाबी प्रहरीले गरेको छ।
बिहीबार राति गणेशको मूर्ति विसर्जन गर्ने क्रममा मलंगवा– ३ मा दुई समूहबीच झडप हुँदा तावपूर्ण स्थिति उत्पन्न भएको हो। स्थानीय प्रशासनले गएराति देखि नै अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ।