माध्यमिक तहसम्मको शिक्षाको जिम्मेवारी स्थानीय तहलाई दिने प्रस्ताव उचित छैन : माधव नेपाल
शिक्षाको जिम्मेवारी स्थानीय तह दिदा कसरी उपयोग गर्ने कुरामा मात्र सीमित हुन सक्ने अवस्था बन्न सक्ने भएकाले प्रश्न उठ्न सक्ने उहाले बताए।
काठमाडौं, असाेज ५ : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले माध्यमिक तहसम्मको शिक्षाको जिम्मेवारी स्थानीय तहलाई दिने प्रस्ताव उचित नभएको बताएका छन्।
शुक्रबार काठमाडौंमा नेपाल राष्ट्रिय उद्योग व्यवसायी महासंघको दोस्राे राष्ट्रिय महाधिवेशन उद्घाटन गर्दै अध्यक्ष नेपालले विद्यालय शिक्षा सम्बन्धी विधेयकमा प्रस्तावित व्यवस्थाले माध्यामिक तहसम्मको शिक्षाको जिम्मेवारी स्थानीय तहले गर्न नसक्ने समेत बताए।
शिक्षाको जिम्मेवारी स्थानीय तह दिदा कसरी उपयोग गर्ने कुरामा मात्र सीमित हुन सक्ने अवस्था बन्न सक्ने भएकाले प्रश्न उठ्न सक्ने उहाले बताए।
उनले अधिकारको विकेन्द्रीकरणको कुरा सोचेर पालिका तहमै माध्यमिक तहसम्मको अधिकार दिएको भन्दै अहिले नै संविधान संशोधन हुने अवस्था नरहेको जिकिर गरे। उहाले सडकमा उत्रेका शिक्षकहरुको जायज मागलाई सम्बोधन गर्न सरकार गम्भीर हुनुपर्ने जिकिर गरे।
अध्यक्ष नेपालले अहिले आन्दोलनको उपलव्धी कसरी जोगाउने भन्ने चिन्ता रहेको भन्दै भष्टाचार कमिशनतन्त्र, ढिलासुस्ती लगाएतको व्यापक विरोध गर्नुपर्ने उल्लेख गरे।











