Kathmandu Press

चिकित्सा शिक्षा ऐन संशोधन गर्न आवश्यक छ : स्वास्थ्यमन्त्री बस्नेत

शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमा उनले कमिकमजोरीलाई हटाएर स्वास्थ्यकर्मी देशमा उत्पादन गर्नुपर्ने भन्दै चिकित्सा शिक्षा ऐन संशोधन गर्न आवश्यक रहेको बताएका हुन्। 
चिकित्सा शिक्षा ऐन संशोधन गर्न आवश्यक छ : स्वास्थ्यमन्त्री बस्नेत

काठमाडौं, असाेज ५ : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले चिकित्सा शिक्षा ऐन संशोधन गर्न आवश्यक रहेको बताएका छन्। 

शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमा उनले कमिकमजोरीलाई हटाएर स्वास्थ्यकर्मी देशमा उत्पादन गर्नुपर्ने भन्दै चिकित्सा शिक्षा ऐन संशोधन गर्न आवश्यक रहेको बताएका हुन्। 

उनले भने, ‘चिकित्सा शिक्षा ऐन संशोधन हुनुपर्छ, राम्रा कुराहरुलाई लिएर अगाडि बढौं। कमजोरीलाई हटाउन सुरु गरौं। स्वास्थ्यकर्मी देशमा उत्पादन गरौं।’

उनले देशमा शिक्षा र स्वास्थ्यमा व्यापारीकरण भयो भन्ने बाहानामा युवा विदेशीने गरेको बताउँदै निश्चित मानिसको उद्देश्य पूरा गर्न राज्यलाई  कमजोर देखाईएको दाबी गरे। 

उनले भने, ‘देशमा शिक्षा र स्वास्थ्यमा व्यापारीकरण भयो भन्ने हाम्रा युवाहरू विदेसिरहने, निश्चित मानिसको उद्देश्य पूरा गर्न राज्य कमजोर देखियो भन्ने अवस्था आउनु हुन्न।’
 
प्रकाशित मिति: १३:२९ बजे, शुक्रबार, असोज ५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्