Kathmandu Press

निरन्तरकाे संसद् अवरोधले संसदीय पद्धतीलाई कमजोर बनाउँछ : कांग्रेस प्रमुख सचेतक लेखक 

निरन्तरकाे संसद् अवरोधले संसदीय पद्धतीलाई कमजोर बनाउँछ : कांग्रेस प्रमुख सचेतक लेखक 

काठमाडाैं, असाेज ५ : काठमाडौं, कांग्रेस प्रमख सचेतक रमेश लेखकले बारम्बार सदन अवरोध गर्दा संसदीय पद्धति नै कमजोर हुने बताएका छन्। शुक्रबार बसेको कांग्रेसको केन्द्रीय समितिको बैठकमा उनले निरन्तर बैठक अवरोध गर्ने शैलीप्रति असन्तुष्टि व्यक्त गरे।

केन्द्रीय समितिलाई संसद्को गतिविधि जानकारी गराउने क्रममा उनले भने, ‘निरन्तर सदन अवरोध हुने स्थिति बनिरहेको छ। प्रमुख प्रतिपक्ष ज्यादा आक्रोशित भइरहेका छन्। त्यो स्थिती यथावत् छ। निरन्तरको बैठक अवरोधले संसदीय पद्धतीलाई कमजोर गर्छ।’

प्रमुख सचेतक लेखकले बारम्बार ११ पटक सूचना जारी गरेर बैठक स्थगित भएको र  ६ देखि ७ पटकसम्म बैठक निरन्तर अवरोध हुँदै आएको बताए। 

पछिल्लो समय पशुपतिको जलहरिको सुनको ठाउँमा पित्तल मिसाएको छ भनेर एक जना माओवादीका नेताले बोलेको अभिव्यक्तिपछि सदन निरन्तर अवरुद्ध भइरहेको उलने बैठकलाई जानकारी गराए।
 

प्रकाशित मिति: १३:२१ बजे, शुक्रबार, असोज ५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्