Kathmandu Press

संसदीय समितिले राष्ट्रिय हितअनुसार दिशा निर्देश गर्नुपर्छ : उपमहासचिव पुन

‘हाम्रो संविधानले स्वीकार एवं निर्देश गरेका कुराहरूमा टेकेर समितिले अहिले कसको सरकार छ, को विपक्षमा छ  भन्ने भन्दा पनि, राष्ट्रिय हित के हो भन्नेतर्फ समितिको ध्यान जानुपर्छ।’ 
संसदीय समितिले राष्ट्रिय हितअनुसार दिशा निर्देश गर्नुपर्छ : उपमहासचिव पुन

काठमाडौं, असाेज ५ : नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले संसदीय समितिले संविधानले स्वीकार गरेका विषयहरूमा टेकेर राष्ट्रिय हितअनुसार दिशा निर्देश गर्नुपर्ने बताएका छन्। 

शुक्रबार बसेको प्रतिनिधिसभाअन्तर्गत अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा समितिको आन्तरिक कार्यविधिको मस्यौदामाथि छलफलमा भाग लिँदै उनले सरकार र विपक्षमा को छ भन्नेभन्दा पनि संविधानले स्वीकार गरेको र निर्देश गरेका कुराहरूमा टेकेर राष्ट्रिय हितको दिशा निर्देशित गर्नुपर्ने बताएका हुन्। 

उनले भने, ‘हाम्रो संविधानले स्वीकार एवं निर्देश गरेका कुराहरूमा टेकेर समितिले अहिले कसको सरकार छ, को विपक्षमा छ  भन्ने भन्दा पनि, राष्ट्रिय हित के हो भन्नेतर्फ समितिको ध्यान जानुपर्छ।’ 

नेता पुनले अहिलेको कार्यकारीमा अन्तर्राष्ट्रिय मञ्चहरूमा सन्धिसम्झौता गर्न हतार गर्ने समस्या रहेका कारण चाहेअनुसार ऐन कानूनलाई परिमार्जन गर्न नसकेको टिप्पणी गरे।
 
उनले भने, ‘कार्यकारीको समस्या अन्तर्राष्ट्रिय मञ्चहरूमा सन्धिसम्झौता गर्न हतार गर्ने कुनै विषयमा प्रतिनिधिसभामा र राष्ट्रियसभामा छलफल गर्ने भन्दा पनि मन्त्री, सचिव सम्झौता गर्न जाने गर्दा त्योअनुसार ऐन कानूनलाई परिमार्जन गर्न नसकिएको हो।’
 

प्रकाशित मिति: १३:१४ बजे, शुक्रबार, असोज ५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्