Kathmandu Press

बाँकेको बाल सुधार गृहबाट भागेका २४५ जना नियन्त्रणमा, ९ जना सम्पर्कविहीन

बाँकेको डडुवा गाउँपालिका–६ मा रहेको जयेन्दु बालसुधार गृहमा शुक्रबार राति १० बजे कैदीबन्दीबीच झडप भएपछि भागेका कैदीबन्दीमध्ये ९ जना अझै फरार रहेकाे प्रहरीले जनाएकाे छ।
बाँकेको बाल सुधार गृहबाट भागेका २४५ जना नियन्त्रणमा, ९ जना सम्पर्कविहीन

बाँके, असाेज ५ : बाँकेको बाल सुधार गृहबाट भागेका ९ जना अझै सम्पर्कविहीन छन्।

बाँकेको डडुवा गाउँपालिका–६ मा रहेको जयेन्दु बालसुधार गृहमा शुक्रबार राति १० बजे कैदीबन्दीबीच झडप भएपछि भागेका कैदीबन्दीमध्ये ९ जना अझै फरार रहेकाे प्रहरीले जनाएकाे छ। झडपकै क्रममा कैदीबन्दीले सुधार गृहको भवनका रेलिङ, बार र पर्खाल भत्काएका छन्।

झडप सुरु हुँदा सुधारगृहमा रहेका २५४ जना नै बाहिर निस्किएका थिए। जिल्ला प्रहरी कार्यालय बाँकेका जानकारीअनुसार २४५ जना नियन्त्रणमा आइसकेका छन्। बाँकी ९ जनाको खोजी भइरहेकाे जनाइएकाे छ।

झडपका क्रममा गम्भीर घाइते भएका ११ जनामध्ये एकको उपचारका क्रममा मृत्यु भएको छ। मृत्यु हुनेमा कञ्चन गाउँपालिका–४ रुपन्देहीका सुलभ केसी रहेकाे प्हरीकाे भनाइ छ।  उनले अपहरण, शरीर बन्धक तथा जबरजस्ती करणीको कसुरमा सजाय काटिरहेका थिए।

प्रकाशित मिति: १३:०३ बजे, शुक्रबार, असोज ५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्