शिक्षकहरुसँगको वार्ता आजै टुंगाेमा पुर्याउन कार्यवाहक प्रधानमन्त्री खड्काकाे निर्देशन
रक्षा मन्त्रालयमा आज बिहान भएका छलफलमा खड्काले शिक्षकसँगको वार्तालाई सकेसम्म आजै टुंगामा पुर्याउन सरकारी वार्ता टोलीलाई आवश्यक निर्देशन दिएको उनको सचिवालयले जनाएको हो।
काठमाडौं, असोज ५ : कार्यवाहक प्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले शिक्षकहरुसँगको वार्ता आजै टुंगाेमा पुर्याउन निर्देशन दिएका छन्।
रक्षा मन्त्रालयमा आज बिहान भएका छलफलमा खड्काले शिक्षकसँगको वार्तालाई सकेसम्म आजै टुंगामा पुर्याउन सरकारी वार्ता टोलीलाई आवश्यक निर्देशन दिएको उनको सचिवालयले जनाएको हो।
छलफलमा सरकारी वार्ता टोलीका संयोजक उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङ, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोक राई, सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मा, नेपाल सरकारका मुख्यसचिव बैकुण्ठ अर्याल र विभागीय सचिवहरु सहभागी थिए ।
विद्यालय शिक्षासम्बन्धी विधेयकमा भएका कतिपय प्रावधानमा असहमति जनाउँदै बुधबारदेखि आन्दोलन गरिरहेका विरोध जनाइरहेका शिक्षकहरूसँग बिहीबार बिहान र साँझ पनि अनौपचारिक वार्ता भएको छ। सरकारले आज शिक्षक महासंद्दसँग औपचारिक वार्ता गर्दै छ । गरी सरकारी वार्ता टोलीलाई सुझाव तथा निर्देशन दिएका छन्।
विभिन्न माग राखेर शिक्षक महासंघको अगुवाइमा देशभरका शिक्षकहरुले काठमाडौं केन्द्रित आन्दोलन आज तेस्रो दिन पनि जारी छ।











