Kathmandu Press

शिक्षासम्बन्धी विधेयक रहेका त्रुटि संसदबाटै सच्याउने गगनकाे प्रतिबद्धता

उनले संसदलाई विश्वास गरेर शिक्षकहरुले आफ्नो आन्दोलन स्थगित गर्नुपर्ने र सरकारले पनि विधेयकमाथिको असन्तुष्टिलाई सच्याउने प्रतिबद्धता गर्नुपर्ने जिकिर गरे।
शिक्षासम्बन्धी विधेयक रहेका त्रुटि संसदबाटै सच्याउने गगनकाे प्रतिबद्धता

काठमाडाैं, असाेज ४ : नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले विद्यालय शिक्षासम्बन्धी विधेयकमा धेरै त्रुटि रहेकाले संसदबाट सच्याउने प्रतिबद्धता जनाएका छन्।

काठमाडौंको श्री नन्दी माध्यामिक विद्यालयमा कम्युटर ल्याबको उद्घाटन गर्दै थापाले विद्यालय शिक्षा सम्बन्धी विधेयक सरकारको प्रस्तावमात्रै भएकाले यसमा रहेका धेरै त्रुटिहरुलाई संसदबाट सच्चाउने प्रतिबद्धता जनाएका हुन्।

उनले संसदलाई विश्वास गरेर शिक्षकहरुले आफ्नो आन्दोलन स्थगित गर्नुपर्ने र सरकारले पनि विधेयकमाथिको असन्तुष्टिलाई सच्याउने प्रतिबद्धता गर्नुपर्ने जिकिर गरे।

थापाले शिक्षकहरुको आत्मसम्मान, मर्यादालाई ध्यान दिनुपर्ने र शिक्षकलाई आवश्यकता अनुसारको सुविधाको ग्यारेन्टी विधेयकमार्फत गर्नुपर्नेमा जोड दिए । उनले अहिलेको विधेयक कम्तीमा पनि २० वर्षका लागि हुने भएकाले हतार नगरी संशोधनका आधारमा अन्तिम टुंगाे लगाउनुपर्ने धारणा राखे।

थापाले अहिलेको अवस्थामा देशभरका विद्यालयमा विद्यार्थीहरुलाई सिकाइको अवस्था परिवर्तन गर्नुपर्ने जिकिर गरे। श्री नन्दी माध्यामिक विद्यालयमा डेल्टिन नेपाल प्रालिले कम्प्युटर ल्याब स्थापना गरेको हो। 

प्रकाशित मिति: १२:२९ बजे, शुक्रबार, असोज ५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्