प्रधानमन्त्री दाहाल र अमेरिकी राष्ट्रपति बाइडेनबीच भेट

काठमाडाैं, असोज ५ : प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' र अमेरिकी राष्ट्रपति जो बाइडेनबीच भेट भएको छ।
संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन न्युयोर्कमा रहेका प्रधानमन्त्री दाहाल र राष्ट्रपति बाइडेनबीच भेट भएको हो।
उनले राष्ट्रपति बाइडेन र श्रीमती बाइडेनसँग भेटेको तस्बिर सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन्। सो अवसरमा प्रधानमन्त्री प्रचण्ड छोरी गंगा दाहाल पनि देखिएकी छन् ।
प्रधानमन्त्री दाहालले जो बाइडेन र जिल बिडेनलाई न्यानो स्वागत तथा आतिथ्यका लागि धन्यवाद व्यक्त गरेका छन्। भेटमा नेपाल र अमेरिका दुई देशको सम्बन्ध र हितका बारेमा कुराकानी भएको जनाइएकाे छ।
प्रधानमन्त्री दाहाल आज न्युयोर्कबाटै चीन जाँदैछन्। चीनका समकक्षी ली क्वानको निमन्त्रणामा उनी हाङझाव जान लागेकाे उनको सचिवालयले जानकारी दिएको छ। उनी असोज ६ गतेदेखि १३ गतेसम्म चीनको भ्रमणमा रहनेछन् । चीनमा रहँदा उनले राष्ट्रपति सि चिनफिङसहित चिनीयाँ उच्चअधिकारीसँग भेटवार्ता गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ।











