Kathmandu Press

शिक्षकहरूसँगको वार्ता अघि सरकार पक्षले गर्यो केही समय माग

शुक्रबार आन्तरिक छलफलपछि गृह मन्त्रालयमा शिक्षक प्रतिनिधिहरूसँग वार्ता अघि सरकार पक्षले शिक्षकहरूसँग समय माग गरेको हो। 
शिक्षकहरूसँगको वार्ता अघि सरकार पक्षले गर्यो केही समय माग

काठमाडौं, असाेज ५ : आन्तरिक छलफलपछि सरकार पक्षले आन्दोलनरत शिक्षकहरूसँग केही समयको माग गरेको छ।

शुक्रबार आन्तरिक छलफलपछि गृह मन्त्रालयमा शिक्षक प्रतिनिधिहरूसँग वार्ता अघि सरकार पक्षले शिक्षकहरूसँग समय माग गरेको हो। 

मन्त्रीहरूको आन्तरिक छलफलमा कार्यवाहक प्रधानमन्त्री खड्कासँगै रक्षा मन्त्रालयमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, कानूनमन्त्री धनराज गुरुङ, शिक्षामन्त्री अशोक राई, सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मा रहेका थिए । 

नेपाल शिक्षक महासंघकी अध्यक्ष कमला तुलाधरले आफूहरुका मागबारे मन्त्री र सचिवहरुले आन्तरिक तयारी गरेर आएपछि आजै फेरि छलफल हुने बताइन्।

विद्यालय शिक्षा विधेयकका कतिपय व्यवस्थाप्रति विरोध जनाउँदै शिक्षकहरुले विद्यालय बन्द गरी असोज ३ देखि रजाधानीमा केन्द्रित आन्दोलन गरिरहेका छन्। उनीहरुले विद्यालय शिक्षक सरूवा बढुवा रकारबाही संघ, प्रदेश र स्थानीय तहकाे साझा अधिकारका रूपमा रहनुपर्ने, पेन्सन दिनुपर्ने, ट्रेड युनियन खाेल्न पाउनुपर्नेलगायत  माग उनीहरूकाे छ। 

आफ्ना माग पूरा नभएसम्म आन्दोलन जारी रहने उनीहरूको भनाइ छ । 

प्रकाशित मिति: ११:५९ बजे, शुक्रबार, असोज ५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्