Kathmandu Press

शिक्षकहरूसँगको वार्तामा सहमति जुट्छ : मन्त्री गुरुङ

शुक्रबार बिहान कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्काले विभिन्न मन्त्रीहरूसँग गरेको आन्तरिक छलफलपछि पत्रकारहरूसँग कुराकानी गर्दै उनले आजको वार्तामा सहमति जुट्ने विश्वास व्यक्त गरेका हुन्।
शिक्षकहरूसँगको वार्तामा सहमति जुट्छ : मन्त्री गुरुङ

काठमाडौं, असाेज ५ : कानुन न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले शिक्षकहरूसँग आज हुने वार्ताले समाधान निकाल्ने विश्वास व्यक्त गरेका छन्।

शुक्रबार बिहान कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्काले विभिन्न मन्त्रीहरूसँग गरेको आन्तरिक छलफलपछि पत्रकारहरूसँग कुराकानी गर्दै उनले आजको वार्तामा सहमति जुट्ने विश्वास व्यक्त गरेका हुन्।

‘हामीले शिक्षकहरूका सबै मागका विषयमा छलफल गरेर अन्तिम टुङगो लगाउँछौं। आजको वार्तामा सहमति जुट्छ,’ उनले भने।

मन्त्रीहरूको आन्तरिक छलफलमा कार्यवाहक प्रधानमन्त्री खड्कासँगै रक्षा मन्त्रालयमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, कानुनमन्त्री धनराज गुरुङ, शिक्षामन्त्री अशोक राई, सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मा रहेका छन्। 
 
प्रकाशित मिति: ११:५० बजे, शुक्रबार, असोज ५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्