Kathmandu Press

रहेनन् पूर्वमन्त्री खेमराज भट्ट

क्यान्सर रोगबाट पीडित भट्ट काठमाडौंको बीर अस्पतालमा उपचारका क्रममा बिहीबार राति निधन भएको हो।
रहेनन् पूर्वमन्त्री खेमराज भट्ट

काठमाडौं, असोज ५ : पूर्वमन्त्री खेमराज भट्ट ‘मायालु’को निधन भएको छ। क्यान्सर रोगबाट पीडित भट्ट काठमाडौंको बीर अस्पतालमा उपचारका क्रममा बिहीबार राति निधन भएको हो।

उनको आजै बिहान पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ। क्यान्सर रोगबाट पीडित खेमराजलाई वीर अस्पतालमा केही हप्ता अघि चौथोपटक किमो दिइएको थियो।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रकी उपाध्यक्ष पम्फा भुसाल लगायत आर्यघाट पुगेका थिए।

डडेलधुरामा जन्मिएका भट्ट गणतन्त्रका लागि आवाज उठाउने अग्रणी नेताहरुमध्ये एक हुन्। रामराजाप्रसाद सिंह नेतृत्वको जनवादी मोर्चाले गणतन्त्र नेपालको लक्ष्य राखेर २०४२ साल असारमा नारायणहिटी राजदरबार, सिंहदरबारजस्ता ठाउँमा बम बिष्फोट गराएको थियो। त्यतिबेला मायालु त्यतिबेला जनवादी मोर्चाको उपाध्यक्ष थिए।

२०५३ सालमा कांग्रेसमा आएका भट्ट २०५६ सालमा बर्दियाबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए। २०५८ सालमा गठित शेरबहादुर देउवा नेतृत्वको सरकारमा उनी सामान्य प्रशासनमन्त्री भएका थिए।

२०७० सालमा भने उनी पुष्पकमल दाहाल  नेतृत्वको तत्कालीन एकीकृत नेकपा माओवादीमा प्रवेश गरेका थिए।

 

प्रकाशित मिति: ११:३४ बजे, शुक्रबार, असोज ५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्