बाँकेको बालसुधार गृहमा झडप, एक जनाको मृत्यु, ४ जानाको अवस्था गम्भीर
जयेन्दु बालसुधार गृहमा हुँदा रुपन्देहीका २१ वर्षीय सुलभ केसीको मृत्यु भएको छ भने घाइतेमध्ये चार जनाकाे अवस्था गम्भीर रहेकाे प्रहरीले जनाएकाे छ।
बाँके, असोज ५ : बाँकेको डुडुवा गाउँपालिका–६ स्थित जयेन्दु बालसुधार गृहमा झडप भएको छ। सो झडपमा रुपन्देहीका २१ वर्षीय सुलभ केसीको मृत्यु भएको छ।
दुई पक्षबीच झडप हुँदा घाइते भएका उनको नेपालगञ्ज मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
सो झडपमा अन्य जना घाइते भएको छ। जसमध्ये ४ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। उनीहरुको भेरी अस्पताल र मेडिकल कलेजमा उपचार भइरहेको छ।
बालसुधार गृहमा तोडफोड र आगजनीसमेत भएको छ । प्रहरीले सुधार गृह तोडफोड गर्ने २५ जनालाई नियन्त्रणमा लिएको छ।
प्रकाशित मिति: ११:१८ बजे, शुक्रबार, असोज ५, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











