Kathmandu Press

आन्दोलनरत शिक्षक र सरकारबीच आजपनि वार्ता हुने 

हिजोको वार्तामा दुई पक्षबीच  बुँदागत रूपमा छलफल भएको र वार्ता सकारात्मक भएकोले आज सहमति जुट्न सक्ने कानुनमन्त्री धनराज गुरुङले बताएका छन् । 
आन्दोलनरत शिक्षक र सरकारबीच आजपनि वार्ता हुने 

काठमाडौं, असोज ५ : आन्दोलनरत शिक्षक र सरकारबीच आज पनि वार्ता हुने भएको छ ।  बिहीबार साँझ सिंहदरबारस्थित गृह मन्त्रालयमा भएको सरकार र महासंघबीचको वार्ता निष्कर्षविहीन भएपछि आज पुनः वार्ता हुन लागेको हो । वार्ता बिहान ९ बजे सुरु हुने बताइएको छ । 

हिजोको वार्तामा दुई पक्षबीच  बुँदागत रूपमा छलफल भएको र वार्ता सकारात्मक भएकोले आज सहमति जुट्न सक्ने कानुनमन्त्री धनराज गुरुङले बताएका छन् । 

नेपाल राष्ट्रिय शिक्षक सङ्गठनका अध्यक्ष विष्णु प्रसाद भण्डारीले हिजोको बैठकमा सामान्य छलफल मात्रै भएकोले आज औपचारिक वार्ता सुरु हुने बताए । सहमति नभएसम्म आफूहरूको आन्दोलन जारी रहने भण्डारीले बताए । 

विद्यालय शिक्षा विधेयकको विरोधमा महासङ्घको अगुवाइमा शिक्षकहरू आन्दोलनमा होमिएपछि देशभरको सामुदायिक विद्यालयको पठनपाठन ठप्प भएको छ । शिक्षकहरूले काठमाडौँ केन्द्रित आन्दोलन गरेर आफ्नो माग पूरा गर्न दबाब दिइरहेका हुन् ।

प्रकाशित मिति: ०८:१४ बजे, शुक्रबार, असोज ५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्