Kathmandu Press

चीनको विदेश मन्त्रालयद्वारा प्रचण्डको सात दिने चीन भ्रमणको औपचारिक घोषणा

नेपालले परराष्ट्रमन्त्रामार्फत विज्ञप्ति जारी गरी प्रधानमन्त्री प्रचण्डको चीन भ्रमणको औपचारिक घोषणा गरेकै दिन बिहीबार चीनको परराष्ट्र मन्त्रालयले पनि  पत्रकार सम्मेलन गरेर  प्रचण्डको सात दिने चीन भ्रमणको औपचारिक घोषणा गरेको हाे।
चीनको विदेश मन्त्रालयद्वारा प्रचण्डको सात दिने चीन भ्रमणको औपचारिक घोषणा

काठमाडौं, असोज ४ : चीनको विदेश मन्त्रालयले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सात दिने भ्रमणको औपचारिक घोषणा गरेको छ।

नेपालले परराष्ट्रमन्त्रामार्फत विज्ञप्ति जारी गरी प्रधानमन्त्री प्रचण्डको चीन भ्रमणको औपचारिक घोषणा गरेकै दिन बिहीबार चीनको परराष्ट्र मन्त्रालयले पनि  पत्रकार सम्मेलन गरेर  प्रचण्डको सात दिने चीन भ्रमणको औपचारिक घोषणा गरेको हाे।

चीनले कुनै सार्वजनिक विज्ञप्ति ननिकाली नियमित पत्रकार सम्मेलनमा प्रचण्डको भ्रमणको विषय सार्वजनिक गरेको हो। कूटनीतिक परम्पराअनुसार भ्रमणमा जान लागेको र हुन लागेको मुलुकले एकसाथ विज्ञप्ति जारी गर्ने भए पनि यसपटक चीनले फरक ढंगले प्रचण्डको भ्रमणबारे जानकारी सार्वजनिक गरेको हो।

पत्रकार सम्मेलनमा चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता माओ निङले प्रधानमन्त्री प्रचण्डको चीन भ्रमण हुन लागेको विषयमा जानकारी दिएकी हुन्।

‘प्रधानमन्त्री ली छ्याङको निमन्त्रणामा नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले २३ देखि ३० सेप्टेम्बरसम्म चीनको औपचारिक भ्रमण गर्नुहुने भएको छ,' प्रवक्ता निङले भनिन्, 'भ्रमणका क्रममा प्रधानमन्त्री प्रचण्डले हाङझाउमा १९औं एसियाली खेलकुदको उदघाटन समारोहमा सहभागी हुने कार्यक्रम छ।’

प्रकाशित मिति: १७:३१ बजे, बिहीबार, असोज ४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्