Kathmandu Press

शान्ति प्रक्रिया टुङ्ग्याउन सबै दल एक ठाउँमा उभिनुको विकल्प छैन : महासचिव गुरुङ 

बिहीबार काठमाडौंमा आयोजित ‘विस्तृत शान्ति सम्झौता (२०६३) कार्यान्वयनका १७ वर्ष : उपलब्धि, चुनौती र अबको बाटो’ विषयक कार्यक्रममा उनले  नेपालको शान्ति प्रक्रिया पुरा गर्न पुरानो चिन्तनबाट अघि बढ्दा समस्या हुन सक्ने चेतावनी दिए। 
शान्ति प्रक्रिया टुङ्ग्याउन सबै दल एक ठाउँमा उभिनुको विकल्प छैन : महासचिव गुरुङ 

काठमाडौं, असाेज ४ : नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले, शान्ति प्रक्रियालाई पूर्णता दिन सबै दल एक ठाउँमा उभिनुको विकल्प नभएको बताएका छन्। 

बिहीबार काठमाडौंमा आयोजित ‘विस्तृत शान्ति सम्झौता (२०६३) कार्यान्वयनका १७ वर्ष : उपलब्धि, चुनौती र अबको बाटो’ विषयक कार्यक्रममा उनले  नेपालको शान्ति प्रक्रिया पुरा गर्न पुरानो चिन्तनबाट अघि बढ्दा समस्या हुन सक्ने चेतावनी दिए। 

‘शान्ति प्रकृया राष्ट्रिय मुद्दा हो। नेपालको आन्तरिक मामिलाको मुद्दा हो। नेपाली राजनीतिक दलहरुको बीचमा आम सहमती खोज्नुको विकल्प छैन्।’ उनले भने ‘ फेरी पनि सहमति खोज्नु पर्ने आवश्यकता छ। कतिपय इस्युहरुको विषयमा अन्तराष्ट्रिय मानव अधिकारबादी संस्थाहरुले चासो दिइरहेका विषयहरु पनि छन्।’ उनले भने। 

उनले अहिलको विश्व नै दुई खेमामा विभाजित भएको देखिएको तर्क गर्दै नेपालले शान्तिपूर्ण बाटोलाई अंगाल्नुको विकल्प नभएको बताए। 

कतिपय कुराहरु मेलमिलापको प्रकृयाबाट नभई न्यायिक प्रकृयाबाट टुङ्ग्याउने कुरामा पनि आफ्नो पार्टी गम्भीर भएर लागेको बताए।
 
प्रकाशित मिति: १७:१६ बजे, बिहीबार, असोज ४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्