Kathmandu Press

पढ्न पाउने अधिकार कुण्ठित नगर्न आन्दोलनरत शिक्षकलाई रास्वपाको आग्रह

बिहीबार विज्ञप्ति जारी गर्दै आन्दोलनको वैकल्पिक उपाय खोज्न र विद्यालय बन्द नगर्न आग्रह गरेको हो। 
पढ्न पाउने अधिकार कुण्ठित नगर्न आन्दोलनरत शिक्षकलाई रास्वपाको आग्रह

काठमाडौं, असाेज ४ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले विद्यार्थीहरुको पढ्न पाउने अधिकारलाई कुण्ठित नगर्न आन्दोलनरत शिक्षकहरूलाई आग्रह गरेको। 

बिहीबार विज्ञप्ति जारी गर्दै आन्दोलनको वैकल्पिक उपाय खोज्न र विद्यालय बन्द नगर्न आग्रह गरेको हो। मागहरु सरकारसमक्ष राख्न पाउने वैकल्पिक विधिहरू हुँदा हुँदै विद्यार्थीहरुको पढ्न पाउने अधिकारलाई कुण्ठित नगर्न आग्रह गरेको रास्वपाले शिक्षकका जायज माग सम्बोधन हुनु पर्छ भन्नेमा आफुहरुको सर्मथन रहेको बताएको छ। तर शिक्षकलाई कुनै दलको भातृ संगठन बनाउने विषयमा भने फरक मत रहेको रास्वपाको भनाइ छ।  

‘शिक्षकहरूले आफ्ना मागहरू सरकारसमक्ष राख्न पाउने वैकल्पिक विधिहरू हुँदाहुँदै विद्यार्थीहरूको पढ्न पाउने अधिकारलाई कुण्ठित नगर्न सम्पूर्ण शिक्षक संगठनहरूप्रति हार्दिक अनुरोध गर्दछौं,’ रास्वपाद्वारा जारी विज्ञप्तिमा भनिएको छ ‘तर शिक्षकहरूले आफ्नो पेशागत हकहितका लागि एकजुट हुने नाममा राजनीतिक दलको भ्रातृ संगठनका रूपमा रहन नहुने हाम्रो नीति रहेको छ। शिक्षकहरूको पेशागत विकासका मागहरूमा हामी एकै ठाउँमा उभिन तयार छौं।’ 

विद्यार्थीहरूको उज्जवल भविष्य सुनिश्चित गर्न पनि शिक्षकहरूको हकहित सुनिश्चित हुनुपर्ने रास्वपाको भनाइ छ। 
 

प्रकाशित मिति: १७:१२ बजे, बिहीबार, असोज ४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्