फेक अकाउण्टमा चलाइएका सामाजिक सञ्जाल वन्द गर्न एमालेको चेतावनी
एमालेको पार्टी प्रचार विभागले एक विज्ञप्तिमार्फत पार्टीका नाम, लोगो, झण्डा र नेताहरूको नाम जोडेर सञ्चालन भएका सबै एकाउण्ट सञ्चालकहरूलाई १५ दिनभित्र सम्पर्कमा आउन सचेत गराएको हो।
काठमाडौँ, असोज ४ : नेकपा एमालेले पार्टीको नेताहरुका नाममा चलाइएका सामाजिक सञ्जालका फेक अकाउन्ट १५ दिनभित्र बन्द गर्न गंभिर ध्यानाकर्षण गरेको छ ।
एमालेको पार्टी प्रचार विभागले एक विज्ञप्तिमार्फत पार्टीका नाम, लोगो, झण्डा र नेताहरूको नाम जोडेर सञ्चालन भएका सबै एकाउण्ट सञ्चालकहरूलाई १५ दिनभित्र सम्पर्कमा आउन सचेत गराएको हो।
विज्ञप्तिमा ‘फेक एकाउण्ट’ सञ्चालकहरूका बारेमा आवश्यक कानुनी प्रक्रियामा जान पार्टी बाध्य हुने चेतावनी समेत दिइएको छ।
सामाजिक सञ्जालमार्फत् भ्रमपूर्ण समाचार सम्प्रेषण गर्दै पार्टी नेतृत्वविरुद्ध अफवाह फैलाइएको बताउँदै सचेत गराइएको हो। सामाजिक सञ्जालको दुरुपयोग गरी अनधिकृत र अज्ञात व्यक्तिहरूबाट पार्टीको नाम, लोगो र झण्डा दुरुपयोग भइरहेको विज्ञप्तिमा जनाइएको छ।
प्रकाशित मिति: १५:३२ बजे, बिहीबार, असोज ४, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार