Kathmandu Press

महिला नेत्री मुक्तमाया बास्तोलाको निधन

१९९३ सालमा खनार ४, सुनसरीमा जन्मिएकी बास्तोलाले २०३५ सालदेखि २०४६ सालसम्म खनार गाउँ पञ्चायतको महिला संगठनको निर्विरोध निर्वाचित महिला सभापतिका रुपमा आफ्नो महत्वपूर्ण भूमिका निभाइन्। 
महिला नेत्री मुक्तमाया बास्तोलाको निधन

काठमाडौं, असोज ४ : पञ्चायत कालदेखि नेपाली राजनीतिमा सक्रिय योगदान पुर्‍याउँदै आएकी महिला नेत्री मुक्तमाया बास्तोलाको बुधबार काठमाडौंमा निधन भएको छ।

१९९३ सालमा खनार ४, सुनसरीमा जन्मिएकी बास्तोलाले २०३५ सालदेखि २०४६ सालसम्म खनार गाउँ पञ्चायतको महिला संगठनको निर्विरोध निर्वाचित महिला सभापतिका रुपमा आफ्नो महत्वपूर्ण भूमिका निभाइन्। 

Hardik ivf

नेपालमा बहुदलीय प्रजातन्त्र आएपछिका दिनहरुमा पनि उनले नेपाली महिलाको हक अधिकारको आन्दोलनमा आफूलाई निरन्तर सक्रिय तुल्याइन्। 
खनार ४ मा रहेको शारदा माविको स्थापना गर्न भूमि प्रदान गरेर विद्यालयको सञ्चालक समितिमार्फत शिक्षा क्षेत्रमा पनि उनले महत्वपूर्ण योगदान पुर्‍याएकी छन्। 

विवाह पछि इटहरी नगरपालिका १२ मा रही राजनीति एवं सामाजिक कार्यमा उनी सक्रिय रहिन्। महिला नेत्री बास्तोलाको निधनमा आफ्नो फेसबुकमार्फत कोशी प्रदेश सभाका सांसद रोहित कार्कीले श्रद्धाञ्जली ब्यक्त गर्दै उनी खनार बासीको ढुकढुकी रहेकी र महिला संगठनको सभापतिका रुपमा उनले राजनीतिमा ठुलो योगदान पुर्‍याएकी प्रतिक्रिया दिए। उनी राष्ट्रिय खेलाडी स्व।शम्भु बास्तोलाकी आमा हुन्।

प्रकाशित मिति: १५:२२ बजे, बिहीबार, असोज ४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्