Kathmandu Press

महानगरकाे कारबाही चेतावनीकाे पर्वाह नगरी विद्यालय बन्द गरेर आन्दोलनमा शिक्षक

महानगरकाे कारबाही चेतावनीकाे पर्वाह नगरी विद्यालय बन्द गरेर आन्दोलनमा शिक्षक

काठमाडौं, असोज ४ : देशैभरिका शिक्षकले राजधानी केन्द्रित आन्दोलन गरिरहँदा महानगरले विद्यालय खाेल्ने  प्रयास असफल भएकाे छ।आन्दोलनका लागि विद्यालय बन्द गरे कारबाही गर्ने महानगरकाे चेतावनीलाई शिक्षकहरूले अवज्ञा गरेपछि  काठमाडौं महानगरपालिका सबै सामुदायिक विद्यालय बन्द भएका छन्।

विद्यालय शिक्षा विधेयकविरुद्ध शिक्षकहरुले सडकमा आन्दोलन गरेका कारण विद्यार्थी आए पनि विद्यालय बन्द भएको महानगरको भनाइ छ।विद्यालयको अनुगमन गर्न नगर प्रहरी खटिएको थियो। नगर प्रहरीले सबै विद्यालय बन्द भएको रिपाेर्ट दिएकाे जनाइएकाे छ। महानगरपालिकामा ८९ वटा सामुदायिक विद्यालय छन्।

महानगरपालिकाको शिक्षा विभागले बन्द भएको विद्यालयका शिक्षकहरुको विषयमा प्रतिवदेन तयार गरेको आवश्यक कारबाही गरिने जनाएकाे छ।

महानगरले विद्यालय अनुगमनका क्रममा विद्यालय बन्द भएको पाइए प्रधानाध्यापक तथा शिक्षकलाई कडा कारबाही गर्ने चेतावनी दिए पनि काठमाडौं महानगरपालिकाका प्रधानाध्यापकहरुले संयुक्त विज्ञप्ति सार्वजनिक गर्दै अर्को सूचना नभएसम्मका लागि महानगरभित्रका विद्यालयका शिक्षक तथा कर्मचारीलाई आन्दोलनमा सहभागी हुन आह्वान गरेको थियो । सोही आह्वानअनुसार आज काठमाडौंका शिक्षकहरु आन्दोलनमा गएका हुन्।

प्रकाशित मिति: १५:०६ बजे, बिहीबार, असोज ४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्