Kathmandu Press

कांग्रेस सभापति देउवाद्वारा केन्द्रीय सदस्यमा आठ जना मनोनीत  

कांग्रेस विधानको धारा २१ को उपधारा १० बमोजिम बिहीबार आठ जनालाई केन्द्रीय समिति सदस्यमा मनोनित गरिएको जनाइएको छ।
कांग्रेस सभापति देउवाद्वारा केन्द्रीय सदस्यमा आठ जना मनोनीत  

काठमाडौं, असोज ४ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विहीबार आठ जनालाई केन्द्रीय सदस्यमा मनोनित गरेका छन्।

कांग्रेस विधानको धारा २१ को उपधारा १० बमोजिम बिहीबार आठ जनालाई केन्द्रीय समिति सदस्यमा मनोनित गरिएको जनाइएको छ।

केन्द्रीय सदस्य मनोनित हुनेमा गुल्मीका डा.चन्द्र भण्डारी, अर्घाखाँचीका मानबहादुर विश्वकर्मा, पर्वतका अर्जुनप्रसाद जोशी, काभ्रेका शिवप्रसाद हुमागाई, बागलुङका किरणराज शर्मा पौडेल, रुपन्देहीका भरतकुमार शाह, कास्कीका शारदा पौडेल र पर्साका अनिलकुमार रुंगटा छन्।

केन्द्रीय सदस्य मनोनित हुने भण्डारी १४ औं महाधिवेशनमा उपसभापतिमा पराजित भएका थिए भने विश्वकर्माले सहमहामन्त्रीमा पराजित भएका थिए। जोशी, हुमागाईं र पौडेल पूर्व केन्द्रीय सदस्य हुन्।

केन्द्रीय सदस्यमा मनोनित साह रुपन्देही ५ बाट गत निर्वाचनमा पराजित भएका थिए। उनी लेखा समितिको सभापति समेत बनेका थिए। केन्द्रीय सदस्यमा मनोनित रुंगटा उद्योगपति हुन्। 
 
 

प्रकाशित मिति: १४:३८ बजे, बिहीबार, असोज ४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्