Kathmandu Press

आन्दोलित शिक्षकले मागे शिक्षा मन्त्रीको राजीनामा 

आन्दोलित शिक्षकले मागे शिक्षा मन्त्रीको राजीनामा 

काठमाडौं, असोज ४ : शिक्षा विधेयकविरुद्ध आन्दोलनमा उत्रेका शिक्षकहरुले शिक्षा मन्त्रीको राजिनामा मागेका छन्। राजधानीमा प्रदर्शनका क्रममा शिक्षकहरुले शिक्षा मन्त्री अशोक राईको राजिनामा मागेका हुन्। 

अहिले पनि शिक्षकहरुले राजधानीको माइतीघर मण्डलदेखि नयाँबानेश्वरको निषेधित क्षेत्रसम्म प्रदर्शन गर्दै नाराबाजी गरिरहेका छन्।

संसदमा दर्ता भएको शिक्षा विधेयकमा विभिन्न १८ बुँदे असहमति राख्दै शिक्षक महासंघले आन्दोलनको शुरुवात गरेको हो। ती माग पूरा नभएसम्म आन्दोलन नरोकिने चेतावनी महासंघले दिएको छ।

प्रदर्शनकाक्रममा शिक्षकहरुले शिक्षमन्त्रीको राजिनामा मागेका हुन्। उनीहरुले शिक्षामन्त्री राजीनामा दे, विद्यालय शिक्षक कर्मचारीमाथिको ज्यादती बन्द गर, शिक्षामा कुल बजेटको २० प्रतिशत लगानी गर, कक्षा १२ सम्मको पूर्ण निःशुल्क शिक्षाको व्यवस्था गर, १० वर्षमा आवधिक बढुवाको ग्यारेन्टी गर, राहत र उच्च मावि दरबन्दी स्वीकृत गर, शिक्षा विधेयक संशोधन गर जस्ता नाराबाजी गरेका छन्। 
 

प्रकाशित मिति: १४:३० बजे, बिहीबार, असोज ४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्