शिक्षकहरुको आन्दोलनका कारण उपत्यकाको सवारी आवागमन अस्तव्यस्त
काठमाडौंको माइतीघरदेखि बानेश्वरसम्म भेला भएका शिक्षक र कर्मचारीको आन्दोलनका कारण काठमाडौंको मुख्य क्षेत्रको सवारी आवागमन अस्तव्यस्त भएको हो।
काठमाडाैं, असाेज ४ : विभिन्न माग राख्दै शिक्षकहरुले गरेको आन्दोलनका कारण उपत्यकाको सवारी आवागमन अस्तव्यस्त भएको छ।
काठमाडौंको माइतीघरदेखि बानेश्वरसम्म भेला भएका शिक्षक र कर्मचारीको आन्दोलनका कारण काठमाडौंको मुख्य क्षेत्रको सवारी आवागमन अस्तव्यस्त भएको हो।
आन्दोलनका कारण सो क्षेत्रमा यातायात ठप्प बनेको छ भने बैंकल्पीक सडकहरुमा समेत सवारी साधनको लामो जाम भएको छ।
यसअघि शिक्षक महासंघको नेतृत्वले आन्दोलनको रुट व्यवस्थापन लागि गृहमन्त्रीसंग आग्रह गरेको थियो। तर व्यस्त सडक खण्ड माइतीघरदेखि बानेश्वर क्षेत्रमा नै आन्दोलन भएपछि सवारी आवागमन अस्तव्यस्त हुन पुगेको हो।
प्रकाशित मिति: १३:४८ बजे, बिहीबार, असोज ४, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार