Kathmandu Press

परराष्ट्रद्वारा प्रधानमन्त्रीको सात दिने चीन भ्रमणको औपचारिक घोषणा 

सात दिने भ्रमणमा प्रधानमन्त्रीको साथमा उनकी छोरी गंगा दाहाल, परराष्ट्रमन्त्री नारायण प्रकाश साउद, खानेपानी मन्त्री महिन्द्रराय यादव, भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला पनि रहने परराष्ट्रले जनाएको छ।
परराष्ट्रद्वारा प्रधानमन्त्रीको सात दिने चीन भ्रमणको औपचारिक घोषणा 

काठमाडौं, असोज ४ : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमणको औपचारिक घोषणा भएको छ। परराष्ट्र मन्त्रालयले बिहीबार एक विज्ञप्ति जारी गर्दै २३ देखि ३० सेप्टेम्बरसम्म प्रधानमन्त्रीको चीन भ्रमण हुने बताएको छ। 

सात दिने भ्रमणमा प्रधानमन्त्रीको साथमा उनकी छोरी गंगा दाहाल, परराष्ट्रमन्त्री नारायण प्रकाश साउद, खानेपानी मन्त्री महिन्द्रराय यादव, भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला पनि रहने परराष्ट्रले जनाएको छ।

यसैगरी राष्ट्रिय सुरक्षा सल्लाहकार शंकरदास बैरागी, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष मीनबहादुर श्रेष्ठ, अन्य वरिष्ठ सरकारी अधिकारीहरुका साथै व्यापारिक समुदायका प्रतिनिधिहरुको पनि सहभागिता रहने जनाइएको छ।

प्रधानमन्त्री प्रचण्डले चिनियाँ राष्ट्रपति सी जिनपिङलाई हाङ्झाउमा भेट गर्ने कार्यक्रम तय भएको छ। यस्तै चिनिया समकक्षी प्रधानमन्त्री ली छ्याङसँग पनि द्विपक्षीय भेट हुने छ। प्रधानमन्त्री प्रचण्डले बेइजिङस्थित नेशनल पिपुल्स कंग्रेसको स्थायी समितिका अध्यक्ष झाओ लेजीसँग पनि भेट गर्ने कार्यक्रम तय भएको छ।

प्रधानमन्त्री प्रचण्डले बेइजिङस्थित नेपाली दूतावासले संयुक्त रुपमा आयोजना गरेको चीन–नेपाल लगानी सम्मेलनलाई सम्बोधन गर्ने भएका छन्। 

प्रधानमन्त्री प्रचण्ड २३ सेप्टेम्बरमा हाङ्जाओमा हुने १९ औं एसियाली खेलकुदको उद्घाटन समारोहमा पनि सहभागी हुने कार्यक्रम छ। यसैगरी चीनको कृषि तथा औद्योगिक विकासको अवलोकन गर्न चोङकिङ नगरपालिकाको भ्रमण कार्यक्रम समेत छ। यस्तै तिब्बत स्वायत्त क्षेत्र ल्हासाको पनि भ्रमण गर्नेछन्।
 
प्रकाशित मिति: १२:५६ बजे, बिहीबार, असोज ४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्