Kathmandu Press

नेकपा एकीकृत समाजवादीको बैठक स्थगित

नेकपा एकीकृत समाजवादीको बैठक स्थगित

काठमाडौँ, असोज ४ : नेकपा एकीकृत समाजवादीको ६७औं सचिवालय बैठक स्थगित गरिएको छ।

आज पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बस्ने भनिएको उक्त बैठक शिक्षक आन्दोलनका कारण नेताहरु समयमै आउन नसक्नेलगायत कारणले स्थगित गरिएको पार्टीका उपमहासचिव तथा प्रवक्ता जगन्नाथ खतिवडाले राससलाई जानकारी दिए।

उक्त पार्टीले यही असोज १४ देखि २९ गतेसम्म गर्न लागेको समाजवादी जागरण यात्राबारे छलफल गर्न उक्त बैठक बोलाएको थियो।

प्रकाशित मिति: १२:५१ बजे, बिहीबार, असोज ४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्