सरकार र आन्दोलनरत शिक्षकहरु छलफलमा
छलफलमा सरकारका तर्फबाट उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ, शिक्षा विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राई, शिक्षा सचिव सुरेश अधिकारी रहेका छन्।
काठमाडौं, असार ४ : सरकारले शिक्षासम्बन्धी विधेयकका प्रावधानविरुद्ध आन्दोलनमा उत्रिएका शिक्षकहरुसँग छलफल सुरु गरेको छ। बिहीबार आन्दोलनरत शिक्षक र सरकारबीच बिहान ८ बजेदेखि छलफल सुरु भएको छ।
छलफलमा सरकारका तर्फबाट उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ, शिक्षा विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राई, शिक्षा सचिव सुरेश अधिकारी रहेका छन्।
यस्तै, आन्दोलनरत शिक्षकका तर्फबाट शिक्षक महासंघकी अध्यक्ष कमला तुलाधर तथा नेपाल शिक्षक संघ, नेपाल राष्ट्रिय शिक्षक संगठन र अखिल नेपाल शिक्षक संगठनका प्रतिनिधिहरु सहभागी छन्।
प्रकाशित मिति: १०:३० बजे, बिहीबार, असोज ४, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार