Kathmandu Press

‘१५औं महाधिवेशनमा सभापतिको आकांक्षी हुँ’

उनले कोइराला परिवारका सदस्यहरुको स्मरण शक्ति निकै राम्रो भएको दाबी गर्दै बिपी कोइरालाले कार्यकर्ताहरुलाई धेरै माया गर्ने बताउँदै आजकलका नेताहरु कार्यकर्ताको दुःख नबुझ्ने गरेको बताए।
‘१५औं महाधिवेशनमा सभापतिको आकांक्षी हुँ’
फाइल तस्बिर।

काठमाडौं, असोज ३ : नेपाली कांग्रेसका नेता डा. शंशाक कोइरालाले १५औं महाधिवेशनमा आफूले सभापतिको आकांक्षी भएको बताएका छन्।

बिपी साहित्य महोत्सवको अन्तिम दिनको  ‘परिवारले बुझेको बिपी’ विषयक अन्तरसंवाद कार्यक्रममा नेता डा. कोइरालले कार्यकर्ताहरुको सुझाव बमोजिम आफू चल्ने गरेको भन्दै १४औं महाधिवेसनमै आफू सभापतिमा उम्मेदवार बन्न खोजेको बताउँदै १५औं महाधिवेशनमा समेत सभापतिको आकांक्षी रहेको उल्लेख गरे।

‘बिपीले भन्नुहुन्थ्यो– प्रधानमन्त्री पद भनेको त फाटेको जुत्ता जस्तै हो, जो यो पदमा आउँछ र बस्छ। बिपी सफल हुनुका कारण जनतालाई केन्द्रबिन्दुमा राखेर काम गर्नुहुन्थ्यो,’ उनले भने, ‘बिपीपछि सफल प्रधानमन्त्री भनेको गिरिजाप्रसाद कोइराला नै हो। सात हजार किमी बाटो थियो, अहिले १ लाख किलो मिटर भयो। हात हातमा मोबाईल आयो, यो सब् गिरिजाप्रसाद कोइरालाको देन हो।’

उनले कोइराला परिवारका सदस्यहरुको स्मरण शक्ति निकै राम्रो भएको दाबी गर्दै बिपी कोइरालाले कार्यकर्ताहरुलाई धेरै माया गर्ने बताउँदै आजकलका नेताहरु कार्यकर्ताको दुःख नबुझ्ने गरेको बताए।

लागतार ४ पटक नवलपरासीबाट चुनाव जितको कोइरालाले आफू मन्त्री नभएपछि महिलाहरुलाई प्राथमिकता दिएका कारण आफ्नो जित सम्भव भएको बताए। ‘मैले ४ पटक जितेँ, मन्त्री भएको छैन। केही गरेको छैन। तर जितेँ। महिलाहरुलाई मैले प्राथमिकता दिन्छु। महिलाकै कारण जितेँ,’ उनले भने, ‘म कसैलाई चिन्दिन थिएँ, पाँच वटा गाविसको नाम कण्ठ गरेर गएँ।’

उनले कांग्रेसका लागि आफूहरु एकै ठाउँमा उभिनु पर्नेमा जोड दिए। डा. शशांक कोइरालाले परिवार मिलाउन नसक्ने मान्छेले यत्रो पार्टी र सरकार कसरी मिलाउन सक्छ? भनेर बिपीले आफूहरुलाई भन्ने गरेको घटना स्मरण गरे।

प्रकाशित मिति: १९:४३ बजे, बुधबार, असोज ३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्