Kathmandu Press

महाधिवेशनमा आफूलाई साथ दिएको भए सफलता मिल्ने थियो : डा. शेखर काेइराला

बिपीले लिएको राष्ट्रिय मेलमिलापको नीति अहिले पनि सान्दर्भिक भएको जनाउँदै कोइराला परिवारका सदस्यहरु एकै ठाउँमा उभिने परिस्थिति नआएसम्म कार्यकर्ताहरुले दुख पाइरहने दाबी गरे।
महाधिवेशनमा आफूलाई साथ दिएको भए सफलता मिल्ने थियो : डा. शेखर काेइराला
फाइल तस्बिर।

काठमाडौं, असाेज ३ : नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीको १४औं महाधिवेशनमा परिवारका अन्य सदस्यहरुले सहयोग गरेको भए अहिलेको परिणाम नआउने बताएका छन्।

नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा आयोजित बिपी साहित्य महोत्सवको  ‘परिवारले बुझेको बिपी’ विषयक अन्तरसंवाद कार्यक्रममा बिपीले लिएको राष्ट्रिय मेलमिलापको नीति अहिले पनि सान्दर्भिक भएको जनाउँदै कोइराला परिवारका सदस्यहरु एकै ठाउँमा उभिने परिस्थिति नआएसम्म कार्यकर्ताहरुले दुख पाइरहने दाबी गरे।

उनले पार्टीको नेतृत्व लिने कुरा सबै परिवारकै सदस्यमा मात्र भर नपर्ने भन्दै देशभरका कार्यकर्ताको भावना र सुझाव बमोजिम नै आफूले पार्टीको १४औं महाधिवेशनमा प्रतिष्पर्धा गरेर सम्मान पाएको बताए।

‘मैले पाउने सम्मान पाएकै छु, तर महाधिवेशनमा तपाइँहरुले साथ दिएको भए, यस्तो हालत हुँदैनन्थ्यो,’ उनले भने, ‘पार्टी मिलाउने कुरा परिवारका सदस्य मिलाए जस्तो सजिलो हुन्न रहेछ।’

नेता कोइरालाले आफूहरु कोइराला परिवारका सदस्यहरुलाई सँधै साथमा लिएर हिँड्न चाहेको भन्दै आगामी दिनमा मिलेरै जाने भनेर डा. शशांक र सुजाता कोइरालाले भनेको कुरामा आफू विश्वस्त भएको बताए।

 

प्रकाशित मिति: १९:३४ बजे, बुधबार, असोज ३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्