Kathmandu Press

शान्ति प्रक्रियाको महत्वपूर्ण कार्यभार अझै बाँकी : गृहमन्त्री श्रेष्ठ

सहिदहरूले दिएको बलिदानहरुको मान राख्नु पर्ने र त्यसैअनुरूप सबै अगाडि बढ्नु पर्ने बताउँदै उनले राष्ट्रिय सार्वभौमिकता, भौगोलिक अखण्डता, स्वधीनता, स्वाभिमान र हितको रक्षामा सबै एकजुट र सजग हुनुपर्ने उल्लेख गरे।
शान्ति प्रक्रियाको महत्वपूर्ण कार्यभार अझै बाँकी : गृहमन्त्री श्रेष्ठ

काठमाडौं, असोज ३ : उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले शान्ति प्रक्रियाको महत्वपूर्ण कार्यभार अझै पूरा गर्न बाँकी रहेको बताएका छन्। लखन थापालाई प्रथम सहिद घोषणा गरेको ८औं वार्षिकोत्सव कार्यक्रममा उनले शान्ति प्रक्रियालाई पूर्णता दिनुपर्ने बताए।

‘शान्ति प्रक्रियाको अझै महत्वपूर्ण कार्यभार अझै पुरा गर्न बाँकी छ । त्यो भनेको सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित कार्यभार हो,’ उनले भने, ‘सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगको काम पुरा गर्ने गरी हामीले शान्ति प्रक्रियालाई समग्रतामा पूर्णता दिनुपर्छ।’

उपप्रधानमन्त्री तथा गृहमन्त्री श्रेष्ठले नेपालमा द्वन्द्व पीडितलाई न्यायसहित दिगो शान्ति स्थापित गर्नुपर्ने बताए। सो अवसरमा उनले पछिल्लो समय नेपालमा भएको राजनीतिक परिवर्तनमा त्यो सबै प्रेरणाको स्रोत लखन थापा भएको बताए।

सहिदहरूले दिएको बलिदानहरुको मान राख्नु पर्ने र त्यसैअनुरूप सबै अगाडि बढ्नु पर्ने बताउँदै उनले राष्ट्रिय सार्वभौमिकता, भौगोलिक अखण्डता, स्वधीनता, स्वाभिमान र हितको रक्षामा सबै एकजुट र सजग हुनुपर्ने उल्लेख गरे।

प्रकाशित मिति: १८:०९ बजे, बुधबार, असोज ३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्