महन्थ ठाकुर भन्छन्– नागरिकता विधेयक पारित भए पनि समस्या उस्तै छ
संविधान दिवसको विरोधमा लोसपाले आयोजना गरेको कार्यक्रममा उनले सरकारले नागरिकता विधेयक पास गरे पनि बिना पैसाको केही पनि काम नहुने बताएका छन्।
काठमाडौं, असोज ३ : लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुरले नागरिकता विधेयक पारित भएपनि समस्या उस्तै भएको बताएका छन्।
संविधान दिवसको विरोधमा लोसपाले आयोजना गरेको कार्यक्रममा उनले सरकारले नागरिकता विधेयक पास गरे पनि बिना पैसाको केही पनि काम नहुने बताएका छन्। लोसपाले संविधान दिवसलाई कालो दिवसका रुपमा मनाएको छ।
‘नागरिकता विधेयक कहिले राष्ट्रपतिबाट रोक्ने, कहिले के गर्ने कार्यहरु भए । बल्ल बल्ल पारित भयो,’ उलने भने, ‘कोही–कोहीले नागरिकता पाइरहेका छन्, तर दुःखको कुरा के छ भने बिनापैसा पाइरहेका छैनन्।’
अध्यक्ष ठाकुरले अहिले हरेक क्षेत्रमा भ्रष्टाचार मौलाएको बताए । उनले महँगी बढेको र यसलाई नियन्त्रण गर्न सरकारले कुनै चासो नदेखाएको बताए।
प्रकाशित मिति: १७:०८ बजे, बुधबार, असोज ३, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











