Kathmandu Press

स्कुल बन्द गरेर आन्दोलनमा उत्रने शिक्षकलाई काबराही गर्ने महानगरको चेतावनी

विद्यालय नै बन्द गरेर पठनपाठनमा समस्या पारेको खण्डमा त्यस्ता शिक्षकहरूमाथि कारबाही गर्ने महानगरले जनाएको छ।
स्कुल बन्द गरेर आन्दोलनमा उत्रने शिक्षकलाई काबराही गर्ने महानगरको चेतावनी

काठमाडौं, असोज ३ : काठमाडौं महानगरपालिकाले स्कुल बन्द गर्ने शिक्षकलाई कारबाहीको चेतावनी दिएको छ।

महानगरपालिकाले शिक्षा विभागलाई आवश्यक अनुगमन गरेर कारबाही गर्न निर्देशन समेत दिएको छ। नेपाल शिक्षक महासंघको आव्हानमा काठमाडौँ केन्द्रित आन्दोलन चलिरहेका बेला महानगरले उक्त चेतावनी दिएको हो।

विद्यालय नै बन्द गरेर पठनपाठनमा समस्या पारेको खण्डमा त्यस्ता शिक्षकहरूमाथि कारबाही गर्ने महानगरले जनाएको छ। महानगरको शिक्षा विभागले विद्यालयहरूको अनुगमन गर्ने भएको छ।

पठनपाठनमा अवरोध पुगेको देखिएको खण्डमा महानगरको शिक्षा ऐन अनुसार कारबाही गरिने जनाइएको छ। यसअघि पनि महानगरपालिकाले बन्द हडताल नगर्न शिक्षक कर्मचारीहरूलाई सचेत गराएको थियो।

 

प्रकाशित मिति: १६:३१ बजे, बुधबार, असोज ३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्