Kathmandu Press

‘शिक्षकका वर्षौंदेखि अल्झिएका समस्याको हल खोज्नुपर्छ’

उनले संवाद मार्फत तत्काल समाधान खोजेर विद्यालय अविलम्ब सुचारू गर्न गराउन सरकार र शिक्षक नेतृत्वलाई अपील गरेका छन्।
‘शिक्षकका वर्षौंदेखि अल्झिएका समस्याको हल खोज्नुपर्छ’

काठमाडौं, असोज ३ : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अन्दोलनरत शिक्षकहरुका न्यायोचित माग सम्बोधन गर्नुपर्ने बताएका छन्।

बुधबारदेखि नेपाल शिक्षक महासंघको आह्वानमा शिक्षकहरु विद्यालय बन्द गरेर सडकमा उत्रिएपछि महामन्त्री शर्माले वर्षैपिच्छे निर्माण हुँदै गरेको संघीय शिक्षा विधेयकले शिक्षकहरुका वर्षौंदेखि अल्झिएका समस्याको हल खोज्नुपर्ने बताए।

उनले सामाजिक सञ्जालफमार्फत शिक्षकहरुले आफ्नो हकका लागि आन्दोलनको बाटो रोज्दै गर्दा प्रत्येक विद्यार्थीको शैक्षिक भविष्यबारे समेत सचेत हुनुपर्ने बताएका छन्।

‘शिक्षक आन्दोलनले अघि सारेका न्यायोचित माग सम्बोधन गरिनुपर्छ। वर्षौंपछि निर्माण हुँदै गरेको संघीय शिक्षा ऐन मार्फत वर्षौंदेखि अल्झिएका समस्याको हल खोज्नैपर्छ,’ उनले लेखेका छन्,‘हामी लोकतान्त्रिक राज्य प्रणालीमा छौं, एक व्यक्ति मात्रको आवाज पनि सुन्ने कर्तव्य राज्यको हुन्छ भने लोकतान्त्रिक राज्यले लाखौं शिक्षकको आवाज सुन्न र भावना बुझ्न ढिलाइ गर्नुहुन्न।’

महामन्त्री शर्माले सरकारले प्रत्येक शिक्षकको आत्मसम्मान अभिवृद्धि गर्ने र गराउने गरी व्यवस्था गर्नुपर्ने बताएका छन्। उनले संवाद मार्फत तत्काल समाधान खोजेर विद्यालय अविलम्ब सुचारू गर्न गराउन सरकार र शिक्षक नेतृत्वलाई अपील गरेका छन्।

शिक्षकको आत्मसम्मान अभिवृद्धि गर्ने–गराउने कर्तव्य राज्यको भएको बताउँदै उनले विद्यार्थीको शैक्षिक भविश्यमा नकारात्मक असर पर्न नदिने दायित्व शिक्षको भएको बताएका छन्।

प्रकाशित मिति: १६:२५ बजे, बुधबार, असोज ३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्