संविधानमा नागरिक अधिकार स्थापित भएको छ : मुख्यमन्त्री कार्की
मुख्यमन्त्री कार्कीले कोशी प्रदेशको राजनीतिक अवस्था अहिले गम्भीर मोडमा रहेको बताउँदै लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाप्रति वितृष्णा फैलिन नदिन राजनीतिक दलहरु गम्भीर भएर सोच्नुपर्ने धारणा राखे।
विराटनगर, असोज ३ : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले वर्तमान संविधानमा नागरिकका अधिकार स्थापित भएका बताएका छन्।
संविधान दिवसको अवसरमा कोशी प्रदेश सरकारदले आयोजना गरेको कर्यक्रममा उनले नेपालको वर्तमान संविधान सबैको साझा दस्ताबेज हो र यसमा नागरिकका सबै अधिकार स्थापित भएको बताए।
मुख्यमन्त्री कार्कीले कोशी प्रदेशको राजनीतिक अवस्था अहिले गम्भीर मोडमा रहेको बताउँदै लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाप्रति वितृष्णा फैलिन नदिन राजनीतिक दलहरु गम्भीर भएर सोच्नुपर्ने धारणा राखे।
उनले संविधानमा स्थापित नागरिक अधिकारलाई कार्यान्वयन गर्न स्थापना भएको संघीयतालाई बलियो बनाउनुपर्ने बताउँदै लोकतन्त्र स्थापनामा सहिद भएकाप्रति हार्दिक श्रद्धाञ्जलि व्यक्त गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरे।
प्रकाशित मिति: १५:४८ बजे, बुधबार, असोज ३, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार