पार्टी एकताका लागि बाबुरामलाई माओवादीको पत्र
समाजवादी पार्टीलाई पठाएको पत्रमा माओवादी पार्टीका अध्यक्ष पुष्पकमल दाहाल र महासचिव देव गुरूङले संयुक्त हस्ताक्षर छ।
काठमाडौं, असाज २ : नेकपा माओवादी केन्द्रले बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीलाई पार्टी एकताका लागि पत्राचार गरेको छ।
उक्त पत्रमा पार्टी एकताका लागि विभिन्न चरणमा भइरहेको छलफलको सन्दर्भ उल्लेख गरिएको छ। साथै आगामी महाधिवेशनबाट पार्टीको नाम परिवर्तन गर्ने जानकारी पनि पत्रमा गराइएको छ।
समाजवादी पार्टीलाई पठाएको पत्रमा माओवादी पार्टीका अध्यक्ष पुष्पकमल दाहाल र महासचिव देव गुरूङले संयुक्त हस्ताक्षर छ।
माओवादी केन्द्रले पठाएको उक्त पत्रमा दुवै पक्षको वार्ताको क्रममा पार्टी एकताका लागि पार्टीको नामका सम्बन्धमा छलफल चलिरहेको स्मरण पनि गराइएको छ। गत भदौ २५ गते बसेको माओवादीको बैठकमा पार्टी एकताका सम्बन्धमा गम्भीरताका साथ छलफल गरिएको पनि जनाइएको छ।
प्रकाशित मिति: १४:१० बजे, बुधबार, असोज ३, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











