Kathmandu Press

शिक्षक आन्दोलनले काठमाडौंको ट्राफिक व्यवस्था अस्तव्यस्त

माइतीघर–तीनकुने खण्डमा सवारी आवागमन अवरुद्ध भएकोले सर्वसाधारणलाई वैकल्पिक बाटो अपनाएर ओहोरदोहोर गर्न ट्राफिक प्रहरीले आग्रह गरेको छ।
शिक्षक आन्दोलनले काठमाडौंको ट्राफिक व्यवस्था अस्तव्यस्त

काठमाडौं, असोज २ : शिक्षकहरूको काठमाडौं केन्द्रित आन्दोलनका कारण बुधबार राजनीतिको ट्राफिक व्यवस्था अस्तव्यस्त बनेको छ।

शिक्षकहरुको जुलुस माइतीघर मण्डलदेखि आन्दोलन शुरु गर्दै बानेश्वरतिर अघि बढेपछि ट्राफिक अवस्था अस्तव्यस्त बनेको हो।

शिक्षक आन्दोलनका लागि देशभरबाट करिब १५ हजार शिक्षक काठमाडौं आएको आयोजकले जनाएका छन्। माइतीघर–तीनकुने खण्डमा सवारी आवागमन अवरुद्ध भएकोले सर्वसाधारणलाई वैकल्पिक बाटो अपनाएर ओहोरदोहोर गर्न ट्राफिक प्रहरीले आग्रह गरेको छ।

अहिले त्यस क्षेत्रमा ट्राफिक व्यवस्था ठप्प बनेको छ। संसद्मा दर्ता भएको विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकप्रति असन्तुष्टि जनाउँदै शिक्षक महासंघले विद्यालय बन्द गरी आन्दोलनको आव्हान  गरेको हो।

 

प्रकाशित मिति: १४:२२ बजे, बुधबार, असोज ३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्