माइतीघरमा शिक्षकहरुको प्रदर्शन [तस्बिरहरू]
उनीहरुले ‘विद्यालय शिक्षक कर्मचारीमाथिको ज्यादती बन्द गर’, ‘शिक्षामा कूल बजेटको २० प्रतिशत लगानी गर’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए।![माइतीघरमा शिक्षकहरुको प्रदर्शन [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/61695192212.jpg)
काठमाडौं, असोज ३ : सरकारले ल्याएको विद्यालय शिक्षा सम्बन्धी विधेयकको विरोधमा शिक्षकहरुले बुधबार माइतघर मण्डलामा प्रदर्शन गरेका छन्।
विभिन्न जिल्लाबाट कक्षाकोठा छाडेर काठमाडौं उत्रिएका शिक्षक, विद्यालयका कर्मचारीले सडक आन्दोलन सुरू गरेका हुन्। उनीहरुले ‘विद्यालय शिक्षक कर्मचारीमाथिको ज्यादती बन्द गर’, ‘शिक्षामा कूल बजेटको २० प्रतिशत लगानी गर’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए।

विगतको सहमति अनुसार विधेयक नआएको भन्दै महासंघले विधेयकका दफा ७१ देखि ८८ सम्म राखिएका विभिन्न प्रावधानमा संशोधन गर्नुपर्ने माग गरेर आन्दोलन थालेका हुन्।
राहत, करार, बाल विकास, स्थायीलगायतका शिक्षक कर्मचारीले विधेयकप्रति विभिन्न १८ बुँदे असहमति राखेका छन् । सरुवा बढुवा, दरबन्दीलगायतका मुद्दा साथै स्थानीय तह मातहत नबस्ने उनीहरुको माग छ।
संसदमा दर्ता भएको विधेयक अनुसार शिक्षकले प्रधानाध्यापक र व्यवस्थापन समितिले दिएको जिम्मेवारीलाई इमान्दारीपूर्वक पूरा गर्नुपर्ने व्यवस्था संशोधन गर्नुपर्ने माग महासंघले गरेको छ।

(2)1695198786.jpg)


(1)1695198787.jpg)

1695198786.jpg)













