Kathmandu Press

‘संविधानको पूर्ण पालना र कार्यान्वयनका लागि सबै एकताबद्ध हुन आवश्यक छ’

खड्काले संविधानको कार्यान्वयन गर्र्दै देशमा राजनीतिक स्थायित्व र सुशासन कायम गरी जनताको आकांक्षा परिपूर्ति गर्ने दिशामा सरकार निरन्तर लागेको बताएका छन्।
‘संविधानको पूर्ण पालना र कार्यान्वयनका लागि सबै एकताबद्ध हुन आवश्यक छ’

काठमाडौं, असोज ३ : कार्यवाहक प्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले वर्तमान संविधानको पूर्ण पालना र कार्यान्वयनका लागि सबै एकताबद्ध हुन जरुरी भएको बताएका छन्।
 
संविधान दिवस, २०८० को अवसरमा आज टुँडिखेलमा आयोजित विशेष समारोहमा शुभकामना दिँदै उनले वर्तमान संविधान नेपालको राजनीतिक इतिहासमा एउटा ऐतिहासिक एवं महत्त्वपूर्ण उपलब्धि भएको बताए।

उनले संविधानले नेपाली जनतालाई सार्वभौमसक्ता सम्पन्न बनाउनुका साथै नागरिकहरुको राजनीतिक,सामाजिक, तथा आर्थिक अधिकारलाई पूर्णतह संरक्षण गरेको र त्यसको कार्यान्वयनको लागि सरकार प्रतिबद्ध रहेको उल्लेख गरे। उनले संविधानको पूर्ण कार्यान्वयनमा सबै एक भएर लाग्नुपर्ने आवश्यकता भएको बताए।

‘यो संविधानले नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्रात्मक मूलुकका रुपमा स्थापित गरेको छ,’ उनले भने, ‘यसले संविधानमा अभिव्यक्त नेपाली जनताको चाहना बमोजिम मूलुकमा जनउत्तरदायी एवं जनमुखी साशन व्यवस्था स्थापना तथा सञ्चालनमा हामी दृढ संकल्पित छौं। यो संविधानको पूर्ण परिपालना र कार्यान्वयनमा हाज हामी सबै एकताबद्ध हुन जरुरी छ।’

कार्यवहाक प्रधानमन्त्री खड्काले संविधनप्रति सबैको उच्च सम्मान र सर्मपणले मात्रै देशलाई संमृद्ध लोकतन्त्रको नयाँ उचाइमा पुर्याउने विश्वास व्यक्त गरे। खड्काले संविधानको कार्यान्वयन गर्र्दै देशमा राजनीतिक स्थायित्व र सुशासन कायम गरी जनताको आकांक्षा परिपूर्ति गर्ने दिशामा सरकार निरन्तर लागेको बताएका छन्।

सरकारको अबको कार्यभार पूरा गर्न भौतिक पूर्वाधारका साथै आर्थिक र सामाजिक पूर्वाधार निर्माणमा जोड दिनुपर्ने भन्दै नेपाली जनताको विकासप्रतिको अभिलाषालाई यथाशीघ्र साकार तुल्याउन सबै जुट्नुपर्ने उनले बताए। जनतालाई गरिबी, अशिक्षा र पछौटेपनबाट मुक्ति दिलाई समतामुलक समाजको निर्माण गर्नु साझा दायित्व भएको उनको भनाइ थियो।

संविधानको मर्म र भावनाबमोजिम नागरिकलाई खुसी एवं सम्पन्न बनाउन, सुशासनको प्रत्याभूति दि र भ्रष्टाचार अन्त्य गर्न राज्यका सम्पूर्ण संयन्त्रहरुलाई प्रभावकारी रुपमा परिचालन गरिएको उनले जानकारी दिए।

‘उपलब्ध आधुनिक प्रविधिको समेत प्रयोग गरी नागरिकलाई राज्यबाट दिनुपर्ने सेवालाई सरल र सुलभ बनाउन सरकार प्रयत्नशील रहेको छ,’ खड्काले भने, ‘शिक्षा, स्वास्थ्य जस्ता आधारभूत सेवामा सबै नेपालीको समान र सहज पहुँच होस् भन्ने विषयमा सरकार सचेत र सजग छ।’

प्रकाशित मिति: ११:०२ बजे, बुधबार, असोज ३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्