Kathmandu Press

वर्तमान संविधान नेपालको भविष्यको गोरेटो हो : ओली

ओलीले संविधान कुनै एक वर्ग,जाति, भूगोल विशेषको मात्र नभएर मेची-महाकालीदेखि विदेशमा रहेका सम्पूर्ण नेपालीको साझा गौरवको विषय भएको बताए।
वर्तमान संविधान नेपालको भविष्यको गोरेटो हो : ओली

काठमाडौं, असोज ३ : एमाले अध्यक्ष केपी ओलीले संविधान दिवस नेपाली जनताको साझा उपलब्धि र गौरवको साझा दिवस रहेको भन्दै वर्तमान संविधान नै नेपाली जनताको भविष्यको गोरेटो भएको बताएका छन्।

बुधबार संविधान दिवस (राष्ट्रिय दिवस) २०८० को विशेष अवसरमा एमालेद्वारा नक्साल नारायण चौरमा आयोजित ‘राष्ट्रिय झण्डासँग सेल्फी’ कार्यक्रममा ओलीले राष्ट्रिय दिवसको रुपमा मनाइँदै गरेको संविधान नेपाल र नेपाली जनताको उपलब्धि भएको बताएका छन्।

‘जसरी राष्ट्रिय दिवसको रुपमा संविधान मनाइरहेका छौं। यो सरकारी दिवस होइन यो त सरकारको पनि दिवस हो, आम नेपाली जनताको दिवस हो,’ अध्यक्ष ओलीले भने ‘नेपालको उपलब्धि हो। नेपाली जनताको उपलब्धि हो। नेपालको भविष्यको गोरेटो हो यो संविधान।’  

ओलीले संविधान कुनै एक वर्ग,जाति, भूगोल विशेषको मात्र नभएर मेची-महाकालीदेखि विदेशमा रहेका सम्पूर्ण नेपालीको साझा गौरवको विषय भएको बताए।

‘यो दिवस एउटा पार्टी विशेषको दिवस होइन। एउटा विचार, जाति, भूगोल,पेशा व्यवसाय विशेषको दिवस होइन यो त सम्पूर्ण नेपाली जनता मेची-महाकालीदेखि प्रवासमा जहाँ भएपनि नेपाली जनताको साझा उपलब्धिको साझा दिवस हो। साझा गौरवको साझा दिवस हो, सिङ्गो राष्ट्रको राष्ट्रिय दिवस हो,’ ओलीले भने।

 

प्रकाशित मिति: १०:५५ बजे, बुधबार, असोज ३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्