राष्ट्रपतिबाट संविधान दिवसमा ६७० कैदीलाई माफी मिनाहा
फौजदारी कसूर ऐन र कारागार नियमावली, सर्वोच्च अदातलको रिट र ज्येष्ठ नागरिक ऐनका आधारमा उक्त कैदीको भुक्तान हुन बाँकी कैद माफी मिनाहा गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ।
काठमाडौं, असोज २ : राष्ट्रपति रामचन्द्र पौडेलबाट संविधान दिवसका अवसरमा मन्त्रिपरिषद्को सिफारिसमा कूल ६७० जना कैदीको भुक्तान हुन बाँकी कैद माफी मिनाहा भएको छ।
फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन र कारागार नियमावली, सर्वोच्च अदातलको रिट र ज्येष्ठ नागरिक ऐनका आधारमा उक्त कैदीको भुक्तान हुन बाँकी कैद माफी मिनाहा गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ।
राष्ट्रपति पौडेलले मन्त्रिपरिषद्को गत भदौ २९ गतेको बैठकको सिफारिसअनुसार यही असोज ३ गतेदेखि लागू हुनेगरी माफी मिनाहा गरेका हुन्।
प्रकाशित मिति: १९:५४ बजे, मंगलबार, असोज २, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











