Kathmandu Press

नेपालमा राष्ट्रद्रोहीको बाहुल्य छ : कांग्रेस नेता भण्डारी 

नेपालमा राष्ट्रद्रोहीको बाहुल्य छ : कांग्रेस नेता भण्डारी 

काठमाडौं, असाेज २ : नेपाली काङ्ग्रेसका नेता चन्द्र भण्डारीले, नेपालमा राष्ट्रद्रोही जमातको बाहुल्यता रहेकैले समस्या बढेको टिप्पणी गरेका छन्। 

‘विद्यालय शिक्षा विधेयक’ विषयक काठमाडौंमा आयोजित अन्तरक्रिया कार्यक्रममा उनले समयमै परीक्षा नगर्ने र नतिजा सार्वजनिक गर्न लामो समय लगाउने परिपाटीको विरोध गर्दै राष्ट्रद्रोही हरुकै कारण समस्या भएको टिप्पणी गरे। 

Hardik ivf

उनले भने ‘अमेरिका, यूरोप, चीन र भारतको जस्तो हाम्रो पाठ्यक्रम किन बन्दैन्। ३० वर्ष अगाडिका नोट ल्याएर पढाएर अहिले २१ औँ शताब्दिका युवा बनाउन सकिन्छ ? हामी किन बोल्दैनौ, यो मेरो गुनासो हो।’ उनले भने ‘सिटिइभिटिले लिएको परीक्षाको नतिजा निकाल्न १ वर्ष लगाउँछ, त्यो नेपालमा नबस भनेको हो की होईन् ? यस्तो राष्ट्रद्रोहीहरुको जमातको बाहुल्यता छ नेपालमा आज विद्यार्थीहरुले यसको विरोध गर्नुपर्छ कि पर्दैन् ?’

अहिलेका नेता र विज्ञहरुको दोहोरो चरित्र हुन गरेको उनको टिप्पणी छ।  ‘कलियुगमा राजनीति गर्ने नेता, विद्वान, समाजका नेता यीनिहरुका दुईवटा मुख हुन्छन्। जनतासँग एउटा कुरा गर्ने र काम अर्को गर्ने हुन्छन्। यो वास्तविकता हो।’ उनले भने। 
उनले अब पुरानै शैलीले देशको हित नहुने बताए। 

‘नक्सा बनायौँ, दराजमा राख्यौँ छिमेकी देशलाई दिएनौ यस्तो कार्यहरु हुन्छ। यस्तो दुईवटा मुख भएका नेताहरुसँग छौ, हामीले बुझेका छौ तर हाम्रो उमेर जान लाग्यो हामीले के गर्ने, परिवर्तन गर्न खोज्यो आफैलाई फ्याकदिने हो की भन्ने डर छ। कति राख्ने पुराना नेताहरुलाई उनीहरुलाई सम्मान गर्ने, आदर गर्ने तर अब युवाहरु राजनीतिमा आउनु पर्छ। नेपाललाई अगाडि बढाउने हो भने नत्र धेरै गाह्रो छ यो मेरो लामो अनुभव हो। ’ उनले भने। 
 

प्रकाशित मिति: १८:१५ बजे, मंगलबार, असोज २, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्