Kathmandu Press

नक्कली नियुक्तिपत्रमा जिशिअविरुद्ध भ्रष्टाचार मुद्दा

जिशिअ मण्डलसँगै धनुषाको रामजानकी प्राथमिक विद्यालयकी शिक्षिका निलम कुमारी यादवलाई पनि भ्रष्टाचार मुद्दामा प्रतिबादी बनाइएको छ।
नक्कली नियुक्तिपत्रमा जिशिअविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं, असोज २ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषाका तत्कालीन जिल्ला शिक्षा अधिकारी उपेन्द्र मण्डलविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। 

जिशिअ मण्डलसँगै धनुषाको रामजानकी प्राथमिक विद्यालयकी शिक्षिका निलम कुमारी यादवलाई पनि भ्रष्टाचार मुद्दामा प्रतिबादी बनाइएको छ।

Hardik ivf

मंगलवार भ्रष्टाचार निवारण ऐन, २०५९ अनुरुप कारबाहीका लागि विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो। अख्तियारको अनुसन्धानबाट शिक्षिका यादवलाई नक्कली नियुक्तिपत्र बनाएर विद्यालयमा पदस्थापन गरेको पुष्टि भएको अभियोगपत्रमा उल्लेख छ। 

धनुषाको भानु उच्च माध्यामिक विद्यालयको शिक्षक पदको नक्कली नियुक्ति पत्र बनाउँदै त्यसैका आधारमा राम जानकी प्राथमिक विद्यालय, कटरैतमा पदस्थापन गरिएको अख्तियारले जनाएको छ। 
 

प्रकाशित मिति: १८:०१ बजे, मंगलबार, असोज २, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्