गणेशमान सिंहहरुको योगदान कै कारण लोकतन्त्र स्थापना सम्भव भएको हो : अर्थमन्त्री महत

भक्तपुर, असाेज १२ : अर्थमन्त्री डा. प्रकाशशरण महतले, गणेशमान सिंह जस्ता व्यक्तित्वहरुको योगदानले देशमा लोकतान्त्रिक संविधान स्थापना सम्भव भएको बताएका छन्।
आज भक्तपुरमा आयोजित गणेशमान सिंहको प्रतिमा अनावरण समारोहमा उनले देशमा लोकतान्त्रिक अधिकार र कानूनी शासन स्थापनाको लागि गणेशमान सिंहको योगदान अतुलनिय भएको भन्दै आउने पिढीले पनि त्यसलाई प्रेरणाको रुपमा लिनु पर्ने बताए।
उनले भने, ‘यो देशमा लोकतान्त्रिक अधिकार र कानूनी शासन स्थापनाको लागि गणेशमान सिंहको योगदान अतुलनीय छ। अनेक चुनौतीहरु भोग्दै हामीले समावेशि लोकतान्त्रिक संविधान स्थापित गरेका छौँ। त्यो गणेशमान सिंह जस्तो व्यक्तित्वहरुको योगदानले सम्भव भएको हो।
उहाँहरुबाट प्रेरणा लिएर अगाडि बढ्नु पर्छ र आउने पिढीलाई पनि त्यो योगदानलाई नभुल्न र सिंहले दिएको सन्देशलाई जान्न र बुझ्न प्रेरित गरिराख्नु पर्छ।’ यस्तै उनले केन्द्र, स्थानिय र प्रदेश सरकारको सहभागितामा पार्क निमार्णको काम पूरा गर्न सकिन्छ भन्ने विश्वसा पनि व्यक्त गरेका छन्।
समग्र सरकारको तर्फबाट सुशासन, लोकतान्त्रिक मूल्य र मान्यतालाई स्थापना गर्न र सिंहले देखाएको बाटोमा लाग्न सरकार प्रतिबद्ध रहको पनि उनको भनाई छ।