Kathmandu Press

शिक्षक महासंघद्वारा वार्तामा बस्न अस्वीकार

शिक्षा विधेयकमा असहमति जनाउँदै शिक्षक महासंघ आन्दोलनमा उत्रिएको हो। शिक्षा मन्त्रालयले सोमबार एक विज्ञप्ति जारी गर्दै मंगलबार दिउँसो ३ बजे वार्तामा आउन आग्रह गरेको थियो।
शिक्षक महासंघद्वारा वार्तामा बस्न अस्वीकार

काठमाडौं, असोज २ : बुधबारदेखि काठमाडौं केन्द्रित आन्दोलनको घोषणा गरेको नेपाल शिक्षक महासंघले शिक्षा मन्त्रालयले आह्वान गरेको वार्ता अस्विकार गरेको छ। 

शिक्षा विधेयकमा असहमति जनाउँदै शिक्षक महासंघ आन्दोलनमा उत्रिएको हो। शिक्षा मन्त्रालयले सोमबार एक विज्ञप्ति जारी गर्दै मंगलबार दिउँसो ३ बजे वार्तामा आउन आग्रह गरेको थियो।

Hardik ivf

महासंघ अध्यक्ष कमला तुलाधर र महासचिव लक्ष्मीकिशोर सुवेदीले एक विज्ञप्ति जारी गर्दै विगतमा भएका वार्ता, सहमतिका बुँदाहरु विधेयकमा समावेश नगरी संसद्मा पेस गरिएकाले वार्ताको औचित्य नरहेको बताएका छन्। 

उनीहरुले र आन्दोलन जारी रहेको बताएका छन्। शिक्षक महासंघले आन्दोलन तयारीको निर्णय लिन केन्द्रीय समितिको बैठक समेत डाकेको छ। 
 

प्रकाशित मिति: १७:१७ बजे, मंगलबार, असोज २, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्